सत्तारुढ दल नेकपाका विभिन्न ४ भातृसंगठनहरुले निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले राज्यले तोकेको कर नतिर्दासम्म सिम नै प्रयोग नगर्न अपिल गरेका छन्।

वाइसिएल नेपाल, अनेरास्ववियू, युवासंघ नेपाल र अनेरास्ववियूका अध्यक्षहरुले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै एनसेललाई कर छुट दिने वा अन्य कुनै प्रकारका विशेष सुहलियत दिने जस्ता राष्ट्रघाती निर्णय नगर्न सम्बद्ध निकायहरुसँग आग्रह गरेको हो।

साथै विज्ञप्तिमा कर नतिर्दासम्म एनसेलको सिम प्रयोग नगर्न नगराउन मातहतका सबै साथीहरु र आम जनसमुदायमा अपिल गरिएको छ।

विज्ञप्तिमा एनसेललाई पनि सिघ्रातिसिघ्र कर बुझाउन अपिलसमेत गरिएको छ। २४ घन्टा भित्र एनसेलले कर नतिरेमा विभिन्न दबाबका कार्यक्रम घोषणा गर्ने पनि जनाइएको छ।

Comments

comments