US Khabar

अमेरिकाको मासाचुसेट्स राज्यका सबै सरकारी बिद्यालयमा विष्णुमाया परियारको बारेमा पढाई हुने

- US KHABAR | २ हप्ता पहिले प्रकाशित

अमेरिकाको मासाचुसेट्स राज्यका सबै सरकारी बिद्यालयमा विष्णुमाया परियारको बारेमा पढाई हुने

लामो समय देखी अमेरिकामा रहेर सफल सामाजिक अभियन्ताको छवि बनाउन सफल डा. विष्णुमाया परियारको जीवनी अव अमेरिकन विद्यालयमा पठन पाठन हुने भएको छ । अमेरिकाको मासाचुसेट्स राज्यका सरकारी विद्यालयहरुमा पठन पाठन हुने कक्षा ७ को पाठ्यक्रममा सामाजिक अभियन्ता डा. विष्णुमाया परियारको बारेमा पढाई हुने भएको हो ।

मासाचुसेट्स राज्यको डिपार्टमेन्ट अफ एजुकेशनबाट स्वीकृत पाठ्यक्रम अन्तरगत कक्षा ७ का बिद्यार्थीका लागि तयार पारेको यस पाठ्यक्रमको विश्व इतिहास र भूगोल विषय अन्तरगत डा. परियारको वयतिक पृष्ठभूमि सहितको सामाजिक जीवनलाई समावेश गरिएको छ ।जसको १२ नम्बर च्याप्टरमा डा.परियारको बारेमा तयार पारिएको बृत्तचित्र ‘अनटचेवल’ समेत समावेश गरिएको छ ।

आगामी बर्षदेखि राज्यका धेरै विद्यालयहरुमा लागु गरिदैं गरेको यस पाठ्यक्रममा समावेश डा. परियारका बारेमा उल्लेखित पाठ भिडियो र स्लाइड शोको माध्यमबाट पढाइने छ जहाँ जातीय विभेदबारे जानकारी दिने ८ वटा स्लाइडहरु समावेश गरिएका छन् ।

मासाचुसेट्सका सबै सरकारी विद्यालयहरुमा उपलब्ध रहेको यस पाठ्यक्रम अन्तरगत असमानताका विषयमा बिभिन्न विश्वका प्रसिद्ध अभियन्ताका प्रेरणादायि उपलब्धीका बारेमा उल्लेख छ जसमा डा. परियारसंगै केही चर्चित अमेरिकी नागरिक अधिकारकर्मीका नाम र कर्मबारे उल्लेख छ ।

संयुक्त राष्ट्रसंघको सतत विकाश लक्ष्य अन्तरगत रहेर तयार पारिएको यस पाठ्यक्रमको सो पाठमा नेपालमा जातीय विभेद र असमानताबारे संगै हुर्किएकी डा. विष्णुमाया परियारबाट स्थापित एड्वान जातीय प्रणालीले सिर्जित समस्यालाई सम्बोधन गर्न गरेका कामहरुबारे कक्षामा छलफल गरिनेछ ।जातीय प्रणाली र राष्ट्रसंघको शतत विकाश लक्ष्यसँग जोड्ने प्रयास गरिएको उक्त पाठमा २० मिनेट डा. विष्णुमाया परियारका बारेमा पढाइनेछ ।

स्कुलदेखि विश्वविद्यालयसम्मका कोर्सबुकहरु प्रकाशित गर्ने विश्वकै तीन ठूला प्रकाशक कम्पनीमध्येको एक म्याक ग्र हिलबाट प्रकाशित पुस्तक द राइटर्स माइन्डसेट मा समेत डा. विष्णु मायाको जीवनी यस अघि नै समावेश भै समेको छ । लिसा राइट हफ्नरबाट लिखित उक्त पुस्तकमा दलित परिवारमा जन्मिएकी डाक्टर विष्णुमाया परियारको पिस कप्र्सको सहयोगमा बदलिएको जीवन संघर्षको कथा समेटिएको छ ।

सन् १९९८ मा डा. परिवारले स्थापना गरेको एडवान नामक संस्थाले दलित र सिमान्तकृत महिलाको शशक्तिकरणका लागि काम गर्दै आएको छ । हडसन स्पीक्समा घरेलु हिंशाबिरुद्ध र यौनहिंशाबिरुद्ध निर्देशकका रुपमा काम गर्दै आएकी डा परियार न्युजर्सी मेयरको सल्लाहकार समितिमा रहेर समेत काम गरेकी सफल महिला हुन् । जर्सी सिटी सहरको महिला आयोग सदस्य समेत रहेकी परियार अमेरिकाको न्युजर्सी राज्यको एशियन अमेरिकन र प्यासिफिक आईल्याण्डर एएपिआई आयोगमा कमिश्नर समेत हुन् ।

विश्व भरका १५५ भन्दा बढी देशहरुका न्यू योर्कमा स्थापित वाणिज्यदूतावासहरुको संगठन ‘सोसाईटी अफ फरेन कनुल्स ईन् न्यू योर्क’ द्वारा विश्व नारी दिवस २०१८ को अवसरमा शिर्ष १७ को सुचिमा पर्दै सम्मानित डा. परियार लामो समय देखी ख्यातिप्राप्त सम्मानबाट सम्मानित छन् । जसमध्य
-अमेरिकाको केन्टकी राज्यको लुईभिल शहरद्वारा सन् २०१५ को सेप्टेम्वर २७ लाई ‘डा. विष्णुमाया परियार डे’ घोषणा
-विश्व शिर्ष ६ भित्रको सन् २००६ को ह्युमन राईट्स अवार्ड
-विश्व बैंकबाट प्रदान हुने ११ हजार डलर राशि सहित विश्वका शिर्ष ११ व्यक्तीलाई मात्र प्रदान गरिने अवार्डबाट २००७ मा सम्मानित
-शिर्ष ६ भित्रको सन् २००६ मा हाडवर्ड विश्वविद्यालयले ब्रिज विल्डर अवार्ड
– सन् २०१३ का लागि पाइन म्यानर कलेजको अनररी डक्टरेड सम्मान लगायत रहेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!