US Khabar

पक्राउ गर्नेलाई २५ मिलियन डलरको पुरस्कार राखेको अमेरिकाले अन्तत: यसरी हत्या गर्यो अल-कायदा नेता जवाहिरीको

- USKHABAR | २ महिना पहिले प्रकाशित

पक्राउ गर्नेलाई २५ मिलियन डलरको पुरस्कार राखेको अमेरिकाले अन्तत: यसरी हत्या गर्यो अल-कायदा नेता जवाहिरीको

अमेरिकी ड्रोन आर्कमणमा अल(कायदाका नेता अयमान अल जवाहिरी मारिएका छन् । अमेरिकी गुप्तचर संस्था सीआईएको प्रतिआतङ्कवाद कारबाहीमा आइतवार अफगान राजधानी काबुलमा अल(कायदाका नेता जवाहिरी मारिएका हुन् ।

यस सम्बन्धमा आज साँझ ७:३० बजे अमेरिकी राष्ट्रपति जो बाइडेनले संबोधन गर्ने कार्यक्रम रहेको यस घटनाप्रति यस अघि नै वाईडेनले अमेरिकी नागरिकहरू विरुद्ध हत्या र हिंसाको गोरेटो कोरेका आतङ्कवादी नेता मारिनु न्यायोचित भएको बताईसकेका छन् ।

सुरक्षित घरको कौसीमा बसिरहेका जवाहिरीमाथि ड्रोनले दुई वटा क्षेप्यास्त्र प्रहार गरेको थियो। ११ बर्ष पहिले अमेरिकाले नै आक्रमण गरेर मारिएका विश्व चर्चित अल कायदाका नेता ओसामा बिन लादेनका व्यक्तिगत चिकित्सकको रूपमा समेत रहेका नेता जवाहिरी प्रभावशाली नेताका रुपमा रहेका थिए ।

७१ बर्षिय जवाहिरीको हत्याले सिंगो अल कायदा आन्दोलनमा क्षति पुगेको छ । अल कायदामाथी आक्रमणको लक्ष्य सहित अमेरिकाले अफगानिस्तानमा सुरु गरेको आतंकवाद विरोधी अभियानका क्रममा मारिएका जवाहिरीमाथिको कारवाहीलाई अमेरिकाले सफलता रुपमा हेरेको छ ।

कुनै नागरिक हताहत नभएको यस घटनामा मारिएका जवाहिरीको पक्राउ गर्न सक्नेलाई अमेरिकाले २५ मिलियन (२ करोड ५० लाख डलर )डलरसम्मको इनाम दिने प्रस्ताव गरेको थियो।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!