गायक खुमन अधिकारीको अर्को नयाँ तिज गीत पनि सार्वजनिक भएको छ । बाबु विश्वकर्माको शब्द तथा गायक खुमन स्वयंको लय सृजना रहेको जमानाले राम्रो बनायो गीत खुमन र सुनिता बुढा क्षेत्रीको युगल आवाजमा भिडियो सहित सार्वजनिक भएको हो ।
यूएस खबर कर्पोरेशनको प्रस्तुती जमानाले राम्रो बनायोको भिडियोमा चर्चित मोडल रुविना अधिकारी, अनु पराजुली र अभिषेक खड्कासंगै गायक खुमनको पनि अभिनय रहेको छ ।
शंकर विसीको निर्देशन र कोरियोग्राफी रहेको यस गीत भिडियोलाई दुर्गा पौडेल टिमले छायांकन गरेका हुन् भने सम्पादन नविन घर्ति मगरको रहेको छ ।
अमेरिकाबाट संचालित समाचार गृह यूएस खबरको आधिकारिक यूटुव च्यानलबाट सार्वजनिक यस गीत तथा भिडियोमा प्रेमिल युवा युवती बिचको तिज बिषेश संवाद सहित कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।
एक साथ २ गीतहरु बजारमा ल्याएको यूएस खबरले यहि साता खुमन अधिकारीकै अर्को तिज गीत पनि सार्वजनिक गरेको छ । जसमा शंकर बिसी र कविता न्यौपाको अभिनय रहेको छ ।
गायक खुमन अधिकारी र गायिका शिलु भट्टराईको स्वरमा रहेको मायालाई सुहायो बोलको तिज गीत र आज सार्वजनिक जमानाले राम्रो बनायो गीतका प्राय अडियो , भिडियोकर्मी एउटै रहेका छन् ।
काठमाडौंको शुकेधारा स्थित एशियन पार्टी प्यालेसमा एकै साथ छायांकन भएका यि दुई गीतमा नै शंकर बिसी स्वयंकै कोरियोग्राफी तथा निर्देशनमा रहेको छ ।
अमेरिका निवासी सामाजिक अभियन्ताद्वय गुञ्जन भण्डारी निर्माता र प्रकाश बाबु थापा कार्यकारी निर्माता रहेको जमानाले राम्रो बनायो गीत अमेरिकामा पनि छुट्टै छायांकन गरिएको छ ।
नेपाली चेलीहरुको सहभागितामा अमेरिकामा छायांकन गरिएको यहि गीत केहि दिन पछि जमानाले राम्री बनायो बोलमा चाँडै नै यसै यूटुव च्यानल मार्फत सार्वजनिक हुने तयारीमा रहेको छ ।
प्रतिक्रिया