US Khabar

रिपोटर्स क्लब र यूएस खबरबिच सहकार्य सम्झौता: अमेरिकाको टेक्ससबाट रिपोटर्स क्लबको शाखा संचालन हुने

- USKHABAR | २ महिना पहिले प्रकाशित

रिपोटर्स क्लब र यूएस खबरबिच सहकार्य सम्झौता: अमेरिकाको टेक्ससबाट रिपोटर्स क्लबको शाखा संचालन हुने

नेपाली सञ्चार क्षेत्रमा स्थापित छवि बनाएको रिपोटर्स क्लबले यूएस खबरसंगको सहकार्यमा नयाँ शाखा खोल्ने भएको छ । यूएस खबर मिडीया नेटवर्क कर्पोरेशनसंग सहकार्य गर्दै क्लबको देश बाहिरको पहिलो शाखा बिस्तार गर्न लागिएको हो ।

अमेरिकाको टेक्ससमा रहेको यूएस खबर टाईम्स तथा यूएस खबर नेटवर्कको कार्यलयलाई रिपोटर्स क्लबको शाखा कार्यालय तथा साक्षात्कार कक्ष संचालन गर्न र समाचार सम्प्रेषणको जिम्मेवारी दिएको रिपोटर्स क्लबले साउन १ गतेबाट हालको यूएस खबर पब्लिक क्लबलाई रिपोटर्स क्लवको मान्यता प्रदान गरेको हो ।

श्रावण १ गते देखी लागु हुने गरि गरिएको सम्झौतामा अमेरिकामा हुने सम्पूर्ण नेपाली समुदाय लगायतका गतिबिधि तथा छलफल कार्यक्रमको क्लबले समाचार, सम्वन्वय तथा सम्पादन गर्ने जनाईएको छ । क्लवका अध्यक्ष धमलाले अमेरिका शाखा बिस्तारले अमेरिकामा रहेका नेपाली र नेपाली भाषी समुदायको समाचार र बिचार समेट्न सफल हुने बिश्वास ब्यक्त गरेका छन् ।

यो संगै रिपोटर्स क्लब सम्वद्ध कार्यक्रमका लागि यूएस खबरका प्रधान सम्पादक किसन रेग्मीको संयोजकत्वमा क्लबका गतिबिधि संचालन तथा समाचार सम्पादन गर्न प्रकृया स्विकृत प्रदान गरिएको हो । क्लवको अवधारणमा सञ्चालन गरिने क्लवको संचालनका लागी ५ सदस्यीय समिती गठन गरिने यूएस खबर टाईम्सका सम्पादक ओम आचार्यले दिएका छन् ।

विगत ८ वर्ष देखि अमेरिकाको टेक्सासमा यूएस खबरको नाममा दर्ता भई विभिन्न इलेक्ट्रोनिक तथा पेपर मीडिया सञ्चालन गर्दै आएको यूएस खबर मीडिया कर्पोरेशन प्रालिले आगामी दिनमा अमेरिकामा डिबेट फोरम सहितका कार्यक्रम सञ्चालन गर्ने अनुमती पाएको यो सम्झौतासंगै हाल यूएस खबर पब्लिक क्लव रहेको टेक्ससको युलेशबाट संचालित कार्यलय नै अबको रिपोटर्स क्लबको शाखा कार्यलयका रुपमा रुपान्तरण हुने भएको छ ।

अमेरिकाको नेपाली समुदाय र नेपाल बिच सेतुको भूमिका निर्वाहको उदेश्यमा रहेको यूएस खबरले रिपोटर्स क्लबको शाखा विस्तारको औपचारिक उद्घाटन अध्यक्ष धमला सहित केन्द्रिय प्रतिनिधिको उपस्थितीमा गर्ने तयारी भईरहेको जानकारी दिईएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!