US Khabar

NRNA नर्थ क्यारोलिना च्याप्टरले शनिवार ‘आत्महत्या र मानशिक स्वास्थ्य’ बिषयक बहस कार्यक्रम गर्दै

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

NRNA नर्थ क्यारोलिना च्याप्टरले शनिवार ‘आत्महत्या र मानशिक स्वास्थ्य’ बिषयक बहस कार्यक्रम गर्दै

गैर आवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाको नर्थ क्यारोलिना च्याप्टरले आज आत्महत्या र मानशिक स्वास्थ्य बिषयक बहस कार्यक्रम गर्ने भएको छ । एनआरएनए नर्थ क्यारोलिना च्याप्टरले अगष्ट ६ शनिवार यस बिषयमा बृहत सहभागितामुलक अन्तरक्रिया गर्ने भएको हो ।

उपस्थिती सहजतालाई ध्यानमा राखि भर्चुअल माध्यमबाट हुन लागेको बृहत सहभागितामुलक यस अन्तरक्रिया सहितको बहस कार्यक्रलाई नर्थ क्यारोलिना च्याप्टर अध्यक्ष बासुदेव भट्टले संचालन गर्नेछन् जहाँ चिकित्सा क्षेत्रमा सफलता हासिल गरेका नेपाली डा. जगन सुवेदी, डा. सुष्रुशा अज्र्याल र डा. नरेन्द्र ठकुन्नाको साथमा सहभागिहरुले अन्तरक्रियात्मक छलफल गर्ने छन् ।

टेक्सस, क्यालिफोर्निया कोलोराडो, केन्टकी लगायत २० राज्यका च्याप्टर प्रतिनिधीको सहभागिता रहने यस कार्यक्रममा समाज आतंकित हुने गरि दिनानुदिन बढ्दै गएको आत्महत्या अघिका कारण, मानसिक अवस्था, सृजना हुने मानसिक अन्तरद्वन्द देखी आत्महत्या सम्मको बाटो रोज्ने अवस्थासम्मका बिबिध बिषयमाथी परामर्ष सहितको छलफल हुने छ ।

पश्चिमा समय अनुसार शनिवार साँझ ८:१५ बजे अर्थात नेपाली समय अनुसार बिहान ६ बजेबाट सुरु हुने यस कार्यक्रमको फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण पनि हुनेछ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!