US Khabar

चार महिना पछि तोडियो गायिका मेलिना राई र एरेन्जर सञ्जिवको अन्तरजातिय इन्गेजमेन्ट

- US KHABAR | २ महिना पहिले प्रकाशित

चार महिना पछि तोडियो गायिका मेलिना राई र एरेन्जर सञ्जिवको अन्तरजातिय इन्गेजमेन्ट

चार महिना अघि इन्गेजमेन्ट गरेर बिहे गर्ने तयारीमा रहेकी गायिका मेलिना राईले आफ्नो इन्गेजमेन्ट तोडिएको जानकारी दिएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै राईले आफु र आफ्नो प्रेमी सञ्जिव राई बिच बैचारिक मतभेद रहेको कारण आफुले उक्त इन्गेजमेन्ट तोडिएको बताईन् ।

राईले सबै इन्गेजमेन्ट पछि बिहेनै हुनुपर्छ भन्ने बाध्यकारी नरहेको बताउदै आफुले लिएको निर्णयले शुभचिन्तकमा पर्न गएको भावनात्मक असर प्रति माफी मागिन् । इन्गेजमेन्ट आफ्नो जीवनको निकै गम्भिर निर्णय रहेको बताउदै राईले आफुहरु बिच जीवनको बिषयमा लामो छलफल पछि बिस्तारै बैचारिक मतभेदहरु देखिन थालेको उल्लेख गरिन् । त्यसपछि आफुले कमजोर साधन चढेर कठिन साध्य चुम्न निकै कठिन हुने निष्कर्षमा पुगेको बताईन् ।

उनले इन्गेजमेन्ट गरेको जानकारी फेशबुकबाटै दिएकी थिईन्, त्यसपछि उनलाई हजारौं शुभचिन्तकले शुभकामना पनि दिएका थिए, तर उनिहरुको बिहे हुनै नपाई सम्बन्ध तोडियो । राईले आफु भविष्यमा अझै मेहनत गरेर संगित क्षेत्रबाटै देशको सेवा गरिरहने कुरा पनि फेसबुकमा उल्लेख गरेकी छिन् ।

राईको इन्गेजमेन्ट तोडिएको खबर सार्बजनिक भएपछि सामाजिक सञ्जालमा बिभिन्न प्रकारका प्रतिक्रियाहरु आईरहेका छन् । राईले आफु भविष्यमा अझै मेहनत गरेर संगित क्षेत्रबाटै देशको सेवा गरिरहने कुरा पनि फेसबुकमा उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!