US Khabar

अमेरिकाको पेन्सिलभेनियामा आगलागी: ३ बालबालिका सहित एकै घरका १० जनाको मृत्यु

- USKHABAR | २ महिना पहिले प्रकाशित

अमेरिकाको पेन्सिलभेनियामा आगलागी:  ३ बालबालिका सहित एकै घरका १० जनाको मृत्यु

अमेरिकाको अमेरिकाको पेन्सिलभेनियामा भिषण आगलागी हुँदा एकै घरका १० जनाको मृत्यु भएको छ । पेन्सिलभेनियाको नेस्कोपेकमा शुक्रबार बिहान भएको आगलागीमा परि ३ बालबालिका सहित एकै परिवारका १० जनाको जलेर मृत्यु भएको हो ।

पेन्सिलभेनिया राज्यको नेस्कोपेक फिलाडेल्फियाबाट करिव ९५ माइल उत्तरपश्चिममा रहेको घरमा भएको सो आगलागी आसपासका घरहरुमा समेत क्षति पुगेको छ । आगलागी भएको सो दुई तले घरबाट ५ देखि ७९ वर्ष उमेर समुहका १० जलेका शव उद्धार टोलीको सहयोगमा निकालिएको थियो ।

आगलागीबाट पूर्ण रुपमा ध्वस्त भएको सो घरबाट ३ जनालाई भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । आगलागीको कारणबारे अनुसन्धान भै रहेको यस घटनाबारे राज्य सहायक प्रहरी सहितको टिमले शुक्रबार बिहान पत्रकार सम्मेलन मार्फत जानकारी दिएका थिए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!