US Khabar

क्वारेन्टाईनमा बस्न लैजाँदै गर्दा बागलुङका ३९ वर्षीय चन्द्र नेपालीले गरे बाटैमा आत्महत्या

- Admin | २ वर्ष पहिले प्रकाशित

क्वारेन्टाईनमा बस्न लैजाँदै गर्दा बागलुङका ३९ वर्षीय चन्द्र नेपालीले गरे बाटैमा आत्महत्या

कोरोना संक्रमणबाट बचाउन क्वारेन्टाईनमा लैंजादै गरेका एक पुरुषले आत्महत्या गरेका छन् । भारतबाट फर्किएका बागलुङका ३९ वर्षीय चन्द्र बहादुर नेपालीले क्वारेन्टाईनमा राख्न उनि सहित १७ जनाको समुह बोकेको गाडीबाट हाम फालेर आत्महत्या गरेका हुन् ।

बागलुङ नगरपालिका १३ घर भएका चन्द्र बहादुर भारतबाट फर्किएकाले संक्रमणको आशंकामा उनि सहित १७ जनालाई लु २ ख ४२२० नम्बरको बसमा राखेर लगिदैं गर्दा उनि पोखरा–बागलुङ राजमार्गमा पर्ने पर्वतको कुश्मा नगरपालिका ८ मा पुगेपछि बसबाट हाम्फालेका थिए । आत्महत्या गर्ने प्रयासमा बसबाट हाम फालेका उनि गम्भिर अवस्थामा घाईते भएपछि उनलाई उपचारका लागि पोखरा ल्याईंदै थियो । तर उनको बाटैमा मृत्यु भएको छ ।

नेपालमा पछिल्लो समय भारतबाट आएर क्वारेन्टाईमा बसेका अधिकांशको मृत्यु भएको छ भने केही क्वारेन्टाईनबाट भागेका पनि छन् । यस कारण पनि चन्द्र बहादुरले क्वारेन्टाईनमा बस्नु पर्ने डरले नै आत्महत्या गरेका हुन सक्छन् । बाहिरबाट हेर्दा यो अज्ञानता जस्तो देखिएपनि दिनहु बाहिरिरहेका मृत्युका घटना र अब्यवस्थित क्वारेन्टाईनका बसाई र खानपानको विरक्त लाग्दो दृश्यले मानिसहरुमा अर्को मानसिक त्रास थपिएको देखिन्छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!