US Khabar

‘मिस नेपाल नर्थ अमेरिका-२०२२’ को उपाधी टेक्ससकी प्रतियुशा बोहरालाई

- USKHABAR | २ महिना पहिले प्रकाशित

‘मिस नेपाल नर्थ अमेरिका-२०२२’ को उपाधी टेक्ससकी प्रतियुशा बोहरालाई

‘मिस नेपाल नर्थ अमेरिका’को उपाधी टेक्ससकी प्रतियुशा बोहराले प्राप्त गरेकी छन् । न्यूयोर्क स्थित Melrose Ballrom मा अगष्ट ६ तारिक शनिवारका दिन सम्पन्न ग्राण्ड फिनामा आफ्ना शिर्ष प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेपाल नर्थ अमेरिका २०२२ को ताज टेक्ससकी प्रतियुशाले पहिरेकी हुन् ।

गत वर्ष २०२१ मा ‘भावी पुस्तालाई सशक्त पार्न नेपाली महिलाहरूलाई सशक्तिकरण’ नारा सहित आयोजना भएको मिस नेपाल नर्थ अमेरिकाले यस पटकको संस्करणमा भने नेपाली महिलालाई सशक्तिकरण गर्दै आगामी पुस्तालाई सशक्त बनाउने लक्ष्य राखेको थियो । अमेरिकाका विभिन्न राजयबाट सहभागी १४ जना प्रतिस्पर्धीहरु बिचको अन्तिम प्रतिस्पर्धामा प्रतियुशाले शिर्ष उपाधी संगै मिस पपुलरको टाइटल पनि जितेकी छिन् ।

फष्ट रनर अप कोलोराडोकी आन्या थापा तथा सेकेण्ड रनरअप पेनसेलभेनियाकी दिव्या पन्त घोषित मिस नेपाल नर्थ अमेरिका २०२२ का लागि पहिलो चरणका १४ जना प्रतियोगीबिचको परिचयात्मक चरण पछि शिर्ष १० र शिर्ष ५ हुँदै मिस नेपाल नर्थ अमेरिका २०२२ को घोषणा गरिएको थियो ।

मिस नेपाल प्रियंका रानी जोशीको विशेष आतिथ्यतामा सम्पन्न यस पटकको मिस नेपाल नर्थ अमेरिका यस पटक कोलोराडोकी आन्या थापा, ओहायोकी बिष्णु मिश्रा, पेनसेलभेनियाकी दिया पन्त , न्यूयोर्ककी मिङ्ग्मा शेर्पा, न्यू मेक्सिकोकी रोजीना कार्कीे, क्यान्ससकी रिया बराल, टेक्ससकी सारा कार्की , मिसिगनकी सरोज तामाङ, सान फ्रान्सिस्कोकी शिला बस्नेत, टेक्ससकी शिभालिका भण्डारी, टेक्ससकी प्रतियुषा बोहरा, टेक्सस स्वस्तिका लयालु, न्युयोकी छिरिङ शेर्पा र न्युयोर्ककी जानकी राई प्रतिस्पर्धामा रहेक थिए ।

निर्णायक टिममा नायिका स्वस्तिमा खड्का, हिडन ट्रेजरका निर्देशक सुवर्ण क्षेत्री, जोली अमात्य, संजय कोइराला, नीति शाह , राजु श्रेष्ठ , तेन्जिङ पाल्देन र उज्जवल सिंह रहेको ग्राण्ड फिलालेको बिगत ४ बर्ष देखि लगातार मिस नेपाल नर्थ अमेरिकाको कोरियोग्राफर रहँदै आएकी पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठको प्रमुख कोरियोग्राफी रहेको थियो ।

अमेरिकामा नेपाली कला, सस्कृतिको प्रवद्र्धनका लागि ड्रिम्स युनिभर्सलको आयोजनामा सन् २०१८ देखि आयोजित मिस नेपाल नर्थ अमेरिकाको अघिल्लो संस्करण अर्थात मिस नेपाल नर्थ अमेरिका २०२१ मा गरिमा ज्ञवाली घोषित भएकी थिईन् ।

यस अघि गत बर्ष सम्पन्न मिस नेपाल नर्थ अमेरिका–२०२१ को उपाधी न्यूयोर्ककी गरिमा ज्ञवालीले जित्न सफल भएकी थिईन् भने फस्ट रनरअप याङ्गछेन लामा र सेकेण्ड रनरअप सुभेक्षा निरौला घोषित भएका थिए ।

शैलेश श्रेष्ठ संस्थापक सभापति रहेको आयोजक टिमले सभ्य र भव्य रुपमा सम्पन्न गर्न सफल भएको कार्यक्रमलाइ साहना वज्राचार्य र निशा पाठक ले संचालन गरेका थिए, जहाँ अमेरिकामा रहेका कला तथा सामाजिक अभियान सम्बद्ध ब्यक्तीहरुको वाक्लो उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!