राजबाबु श्रेष्ठ ‘सागर’ 

भारतको सरोखाबादमा बस्ने, बीयस्सी थर्ड यियरमा पढ्ने, एउटा साधारण परिवारकी १९ वर्षकी छोरी हुन् ”सिनु कुमारी । ” एकदिन उसको गाउँमा, एउटा घट्ना घट्यो । जुन घट्नामा सात सालकी एउटी बच्चीलाई बलात्कार गरी मारिदिएको थियो ।

यो घट्नाले सिनु कुमारी एक्दमै चिन्तित् भई । ऊ उदासउदास रहनथाली र सोंच्नथाली । दिन र रात त्यही बलास्त्कार घट्नालाई झलझली सम्झिन थाली, सिनेमाको दृश्यझैं सिनु कुमारी । र सोंच्नथाली गहिरिएर, कुन यस्तो उपाय छ, जुन उपायले महिला चेलीबेटीहरू बदमास गुण्डाहरूको बलात्कारबाट बच्न सकिन्छ । ऊ यही कुरामा आफ्नो दिमाग खर्च गरिरहन्थिई ।

एकदिन अचानक, सिनु कुमारीको दिमागमा एउटा यस्तो युक्ति फुर्यो र त्यही काममा जुटी । एक महिनाको कडा मेहनत र अनुसन्धानपछि सिनु कुमारीले रेप्गार्ड पेन्टी बनाएरै छाडी ।

यसैपनि सिनु कुमारीले कलेजमा विज्ञान पढ्दै गर्दा, विज्ञानका धेरै मोडेलहरू बनाईसकेकी थिई । अन्तत उसले, बलात्कारबाट बच्ने ”रेप गार्ड” पेन्टी बनाएरै छाडी ।

यो एक किसिम्को इलोक्ट्रोनिक्स पेन्टी हो । जसमा स्मार्ट लक राखिएको हुन्छ । यो लक पासवर्डले मात्रै खुल्ने गर्छ । पास्वर्ड विना खुल्दैन । र यसमा जिपिआर सिस्टम राखिएको छ । जसको मदतले, केटी अथवा महिला कहाँछ भनेर सजिलै लोकेसन पत्ता लगाउन मदत गर्दछ । र यसको अलावा, घट्नामा भएको कुराहरू सुनिनका लागि, एउटा रेकर्डर पनि फिट् गरिएको छ जसको मदले बलात्कारीहरूले बोलेकाहरू सजिलै सुन्न सकिन्छ ।

सिनु कुमारीको भनाई अनुसार, रेप गार्ड पेन्टी लगाउँदा, बलात्कारीहरूबाट सजिलै बच्न सकिन्छ । यो पेन्टी बुलेटफ्रुफ् कपडाबाट बनेको छ । जसलाई चक्कु, कैंचीहरूका धारिलो धारहरूले काट्न सकिंदैन । न त यो आगोमा जलाउँदा जल्छ ।

यो पेन्टीमा यस्तो एउटा बटम् फिट्गरिएको छकि, आफूलाई खतरा हुँदा जसलाई थिच्दा, १०० अथवा १० नम्बर अटोमेटिक डायल भएर पुलिसलाई खबर हुन्छ । र पुलिस पेन्टीमा फिट्गरिएको जिपिआरयस्को मदतले तुरन्तै घट्नास्थलमा पुग्न सफल हुन्छ ।

यस् पेन्टीलाई तयार गर्नमा, भारतिय पाँच हजार खर्च लागेको छ । सिनुको भनाई अनुसार, यस् पेन्टीमा अझै थप सुधार ल्याउन सकिन्छ र सुधार पश्चात सो रकमबाट अझै सस्तो हुन आउँछ ।

पेटेनपछि, यसलाई कम्पनीले बल्कमा उत्पादनगरी, जब थोक बजारमा ल्याईँन्छ तब साधारण पेन्टीभन्दा थोरै महङ्गो पर्ने हुन्छ । जसलाई एफोर्ड गर्न महिलाहरूलाई कुनै गार्हो पर्दैन ।

सिनु कुमारीले, पेटेन गराउनको लागि, ईलाहाबादको नेशनल इनोभेसन फोन्डेशनमा पठाईकी छिन् र शिघ्र नै पेटेन्ट मान्यता प्राप्त गर्न सक्छ भन्ने कुरामा सिनु कुमारी विश्वस्त छिन् । सिनु कुमारीले यसका लागि, धेरै उपादन कम्पनीहरूसङ्ग पनि कुराकानी गरिरहेकी छिन् । सिनु कुमारीले भरतमा हुने, दिनानुदिनको रेल दुर्घट्नाबाट बच्ने उपायको बारेमा पनि शिघ्र नै कुनै उपाय पत्ता लगाउने बताउँछिन् ।

सिनु कुमारी आशा गर्छिन् कि, भारत सरकारले पनि शिघ्र नै उसलाई मदत गर्नेछन् । भरतका केन्दृय वाल एवं महिला विकाश मन्त्री मेनका गान्धीले यस पेन्टीलाई गरिब महिलास्म्म पुर्याउने आश्वासन दिएकी छिन् ।

(एजेन्सीको सहयोगमा)

 

 

Comments

comments