US Khabar

नेपालका तेस्रो लिङ्गी समुदाय र अमेरिकन दुतावासको सहकार्य: यि कलाकारले दिँदै छन् टुँडिखेलमा प्रस्तुती

- USKHABAR | २ महिना पहिले प्रकाशित

नेपालका तेस्रो लिङ्गी समुदाय र अमेरिकन दुतावासको सहकार्य: यि कलाकारले दिँदै छन् टुँडिखेलमा प्रस्तुती

नेपाल स्थित अमेरिकन दुतावास र नेपालको तेस्रो लिङ्गी समुदाय संवद्ध संस्था ब्लु डायमण्ड सोसाइटी बिच साँगीतिक सहकार्य हुने भएको छ । यस बिषयमा आफ्नो आधिकारिक फेसबुक पेज मार्फत अमेरिकन दुतावासले आगामी अगष्ट दोस्रो साता ब्लु डाइमण्ड सोसाईटीसंग साँगीतिक सहकार्य गर्नेबारे जानकारी दिएको हो ।

अगष्ट १२ अर्थात साउन २७ गते शुक्रबार आयोजना हुने कार्यक्रममा नेपालका चर्चित गायक गायिकाले प्रस्तुती दिने छन् । शुक्रबार दिउँसो ३ ३० बजेबाट सुरु हुने कार्यक्रममा बृहत सहभागिता मुलक हुने अपेक्षा गरिएको छ । काठमाडौंको टुँडिखेलमा खुल्ला कन्सर्टमा सज्जन राज वैद्य, एकदेव लिम्बु, धर्मेन्द्र सेवान, रेखा शाह, त्रिशाला गुरुङ्ग, पिरू राना, कमल खत्री, सुबानी मोक्तानका साथै अन्य कलाकारहरूले आफ्नो उत्कृष्ट प्रस्तुति दिने भएका छन् ।

नेपालका समलिङ्गी र त्यसमा पनि खाष गरि महिला समलिङ्गीको सवालमा सधैं सकारात्मक रहँदै आएको दुतावासले उपस्थितीको आषय भावमा अनुरोध पूर्वक भनेको छ, ‘ब्लु डायमण्ड सोसाइटीको प्राइड कन्सर्टमा टुँडिखेल मैदानमा आउँदै हुनुहुन्छ ?’

सन् २०२२ लाई अमेरिकाले नेपालका सन्धर्वमा महत्वपूर्ण बर्षका रुपमा हेरेको छ । आज भन्दा ७५ बर्ष पुरानो नेपाल अमेरिका सम्बन्धको मित्रवत् व्यवहारलाई स्मरण गर्दै अमेरिकी सरकार तथा नेपाल स्थित दुतावासले यस बर्ष दुई देशको सम्बन्ध झल्काउने , सहकार्य, सहयोग तथा समाचार र सुचना सामग्री सार्वजनिक गर्दै आई रहेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!