US Khabar

टेक्ससमा रहेका चेलिहरुको अभिनयमा ‘जमानाले राम्री बनायो’ फिमेल भर्सन भिडियो सार्वजनिक

- USKHABAR | २ महिना पहिले प्रकाशित

टेक्ससमा रहेका चेलिहरुको अभिनयमा ‘जमानाले राम्री बनायो’ फिमेल भर्सन भिडियो सार्वजनिक

 

सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको जमानाले राम्री बनायो गीत भिडियो सहित सार्वजनिक भएको छ । रुपा सिन्जाली र प्रेमा शाहको समुह गायन समेत रहेको यस गीत विनोद बाजुरालीको संगीत संयोजनमा भिडियो सहित सार्वजनिक भएको हो ।

सञ्चारकर्मी किशन रेग्मीको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा श्रृष्टी शर्मा उप्रेती, अन्जु अर्याल, वविना खड्का, लक्ष्मी ढुंगाना, सरिता कार्की, अभानी पाण्डे, ईन्दिरा कणेंल, सञ्जु घिमिरे संग्रौला, विना कार्की, रोमा कुँवर, निरा खड्गी र साविता प्याकुरेलको अभिनय रहेको छ ।
यूएस खबर मिडिया नेटवर्कको प्रोडक्सन तथा ओम आचार्यको व्यवस्थापनमा बजारमा आएको जमानाले राम्री बनायो को भिडियोलाई सुमन भण्डारीले छायांकन तथा राजेश कुमारले सम्पादन गरेका हुन् ।

यूएस खबर कर्पोरेशनको प्रस्तुती ‘जमानाले राम्रो बनायो’ गीत गायक खुमन अधिकारीको तिज गीत हो । बाबु विश्वकर्माको शब्द तथा गायक खुमन स्वयंको लय सृजना रहेको जमानाले राम्रो बनायो गीत खुमन र सुनिता बुढा क्षेत्रीको युगल आवाजमा केही दिन अघि भिडियो सहित सार्वजनिक भै सकेको छ । नेपालमा छायांकन भएको यस गीतको भिडियोमा चर्चित मोडल रुविना अधिकारी, अनु पराजुली र अभिषेक खड्कासंगै गायक खुमनको पनि अभिनय रहेको छ । शंकर विसीको निर्देशन र कोरियोग्राफी रहेको यस गीत भिडियोलाई दुर्गा पौडेल टिमले छायांकन गरेका हुन् भने सम्पादन नविन घर्ति मगरको रहेको छ ।

अमेरिकाबाट सञ्चालित यूएस खबरले नेपाली कला संस्कृतिको संरक्षण तथा विस्तार ध्यय पछिल्ला बर्षहरुयता तिजका गीतहरु सार्वजनिक गर्दै आएको छ । यो बर्ष मात्रै यस च्यानबाट ३ बटा तिज गीतका भिडियो सार्वजनिक भै सकेका छन् । जसमा ‘मायालाई सुहायो’, ‘जमानाले राम्रो बनायो’ र आज सार्वजनिक ‘जमानाले राम्री बनायो’गीत रहेका छन् ।

सार्वजनिक ३ वटै भिडियोमा निर्माता तथा कार्यकारी निर्माता रहेकी सामाजिक अभियन्ता गुञ्जन भण्डारीको संयोजनमा ‘जमानाले राम्री बनायो’ गीतको भिडियो निर्माण भएको हो ।

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!