US Khabar

१६ बर्ष पुरानो फिल्मले बक्स अफिसमा तहल्का मच्चाउँदै

- US KHABAR | २ महिना पहिले प्रकाशित

१६ बर्ष पुरानो फिल्मले बक्स अफिसमा तहल्का मच्चाउँदै

भारतीय सुपरस्टार महेश बावुको आज ४७ औं जन्मदिन हो, त्यसकै उपलक्ष्यमा आज महेश बावुका फ्यानहरुले तेलुगु फिल्म पोकिरीको बिशेष शो आयोजना गरेका छन् । १६ बर्ष अघि अर्थात् २००६ अप्रिल २८ तारिकमा रिलिज भएको फिल्म पोकिरी साउथ फिल्म इतिहासमै सर्वाधिक सफल मानिन्छ । पोकिरी फिल्मले साउथ र तेलुगु दुबै फिल्म उघोगमा सबै भन्दा धेरै ब्यापार गरेर नयाँ रेकर्ड स्थापित गरेको थियो । जुन रेकर्ड (साउथमा) तामिल फिल्म शिवा जि द बोस २००८ ( जसमा रजनिकान्त नायक थिए भने एस शंकर निर्देशक थिए ) र तेलुगुमा मगाधिरा ले २००९ मा ( एसएस राजमौली निर्देशित फिल्म जसमा राम चरण र काजोल अग्रवाल मुख्य भुमिकामा थिए ) तोडेको थियो ।

पोकिरी फिल्म ५० दिनसम्म ३०० हल, १०० दिनसम्म २०० हल, १७५ दिनसम्म ६३ हल, २०० दिनसम्म १५ हल, ३०० दिनसम्म २ र ५६१ दिनसम्म १ हलमा चलेको थियो । जुन तेलुगु उद्योगमा नयाँ रेकर्ड थियो । उक्त फिल्मबाट महेश बावु रातारात सुपरस्टार बनेका थिए । त्यस फिल्मको रिमेक गर्दै तामिल मा विजय पनि सुपरस्टार बनेका थिए भने बलिउडमा सलमान खान सुपरस्टार बनेका थिए । त्यस अघि ति दुबै स्टारहरूलाई सुपरस्टारमा गनिँदैन थियो । त्यसैले पोकिरी फिल्मले साउथ सिनेमा र महेश बावुको करियरमा निकै ठुलो भुमिका राख्छ ।

त्यसैले महेश बावुका फ्यानहरुले आफ्नो सुपरस्टारको जन्मदिनको अवसरमा पोकिरी फिल्मको स्पेशल शोको आयोजना गरेका थिए । अगस्त महिना सुरुभए यता उनीहरुले महेश ब्लकबस्टर फिल्म वकाडु ( २००३ ) र पोकिरीको स्पेशल शो आयोजना गर्दै आएको छन् । र आज जन्मदिनको अवसरमा भने विश्वभरनै पोकरीको ३७० सोज सतप्रतिशत अकुपेन्सीका साथ रिलिज हुदै छ भने वकाडु पनि १०० सोजका साथ रिलिज हुदै छ । १६ बर्ष पुरानो फिल्म प्रति दर्शकको यस्तो अविश्वसनीय प्रतिक्रिया देखेर निमार्ण टिम पनि आश्चर्यमा परिरहेमा छन् । विश्वभरका ३७० फ्यान शोज बुक भएको यो भारतीय फिल्म इतिहासमा पहिलोपटक हो । फिल्मले फ्यान शोज बाटै २ करोड बढिको ब्यापार गर्ने निश्चित भएको छ । यस्तो क्रेज अरु कुनै फिल्मको लागि यस अघि देखिएको थिएन ।

भर्खरै सरकारु भरी पाट्टा नामक फिल्मबाट सफलताको स्वाद चाखेका महेशलाई उक्त फिल्मले अझै ठुलो स्टारडमको अनुभुति दिएको छ, कारण केहो भने उक्त फिल्मको निकै खराब समीक्षाको बावजुद पनि महेश बावुको स्टारडमको बलमा फिल्मले पहिलो दिनमै ७५ करोडको विश्वव्यापी कमाई गर्दै सर्वाधिक ठुलो ओपनिङ गर्ने रिजनल ( एकभाषिय या क्षेत्रिय ) फिल्मको रेकर्ड बनायो । फिल्मले २१० करोडको कमाई गर्दै महेशको स्टाडमलाई थप मजवुत बनायो ।

महेशको आगामी फिल्म भने त्रि बिक्रम श्रिनिवासको निर्देशनमा बन्ने भएको छ, एसएसएमवि २८ टाईटल ( फिल्मको अफिसियल नाम पछि राखिने छ ) राखेर काम सुरु गरीएको फिल्म अर्को महिना देखि छायाङ्कनमा जाँदै छ । निर्देशक त्रि बिक्रम र महेश १२ बर्ष पछि सँगै काम गदै छन । यस अघि उनीहरु सँगै कलेजा र आथाडु फिल्ममा काम गरेक थिए । कलेजा फिल्म बक्स अफिसमा चल्न सकेको थिएन तर पछि आएर हिन्दी डब र तेलुगुमै पनि उक्त फिल्म कल्ट क्लासिक फिल्ममा गनियो । आथाडु भने ब्ल्कबस्टर भएको थियो ।
महेश बावुले त्यस पछि भारतकै सबैभन्दा ठुला र सफल निर्देशक एसएस राजमौलिको निर्देशनमा काम गर्ने छन् । जुन फिल्म आगामी बर्ष देखि छायाङ्कनमा जाने छ । एसएसएमबि २९ टाईटल रहेको फिल्मबाट महेश प्यान वल्र्ड डेब्यु गर्दै छन् ।

४७ बर्ष लागेका महेश वावुलाई जन्म दिनको शुभकामना ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!