US Khabar

बालाजुको जुत्ता कारखानामा भिषण आगलागी : करडौंको क्षती

- US KHABAR | २ महिना पहिले प्रकाशित

बालाजुको जुत्ता कारखानामा भिषण आगलागी : करडौंको क्षती

काठमाडौँ । बालाजुमा रहेको एक जुत्ता कारखानामा भिषण आगलागी हुँदा करौडौंको क्षती भएको छ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपासमा श्रीराम पाण्डेले सञ्चालन गरेको अन वर्ल्ड फुटवेयरमा आज भएको आगलागीबाट करौंडौंको क्षती भएको हो ।

आज बिहान ११ बजेर ३५ मिनेट जाँदा लागेको आगो ३ घण्टा सम्म नियन्त्रणमा आउन नसक्दा धनमाल जलेर नष्ट भएको हो । विद्युत् ‘सर्ट’ भएर आगजनी भएको हुन सक्ने बताईएको यस घटनाबारे प्रहरी वृत्त बालाजुले अनुसन्धान सुरु गरेको छ । काठमाडौँ महानगरपालिकाका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, नेपाली सेना र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका दमकल आगो निभाउन प्रयोग गरिएको यस घटनामा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक, विभिन्न वृत्तका प्रमुखसहितको एक सय ७५ जनाको टोली, नेपाली सेनाको कालीध्वज गणबाट १ सय ३३ र सशस्त्र प्रहरी गुल्म बाघ भैरवबाट ५० जनाको टोली सहित २५० भन्दा बढीको टिम उद्धारमा खटिएको थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!