US Khabar

नेपालका तेस्रो लिङ्गी समुदायको एकताका लागि युनिटी फर चेन्ज र अमेरिकन दुतावासको सहकार्य

- USKHABAR | २ महिना पहिले प्रकाशित

नेपालका तेस्रो लिङ्गी समुदायको एकताका लागि युनिटी फर चेन्ज र अमेरिकन दुतावासको सहकार्य

नेपाल स्थित अमेरिकन दुतावासले नेपालका तेस्रो लिङ्गी समुदाय लक्षित सहकार्यहरुलाई अघि बढाईरहेको छ । अमेरिकन दुतावासले तेस्रो लिङ्गी समुदायको हक अधिकारका लागि स्थापित अभियान युनिटी फर चेन्जको सोमबार काठमाडौंको बसन्तपुरमा भएको मौन प्रर्दशनमा सहकार्य मुलक सहभागिता जनाएको हो ।

यस बिषयमा अमेरिकन दुताबासले दिएको जानकारी अनुसार युनिटी फर चेन्ज नामक अभियानले ट्रान्सजेन्डर युवाहरूलाई सशक्त बनाउन र स्वास्थ्य सेवामा उनीहरूको पहुँच बढाउन काम गर्दछ।

यो संगै दुतावासले नेपालको तेस्रो लिङ्गी समुदाय संवद्ध संस्था ब्लु डायमण्ड सोसाइटी बिच साँगीतिक सहकार्य पनि गर्ने जानकारी दोहोर्याउँदै अगष्ट १२ अर्थात साउन २७ गते शुक्रबार आयोजना हुने कार्यक्रमबारे जानकारी दिएको हो ।

 

शुक्रबार दिउँसो ३ ३० बजेबाट सुरु हुने कार्यक्रममा बृहत सहभागिता मुलक हुने अपेक्षा गरिएको छ । काठमाडौंको टुँडिखेलमा खुल्ला कन्सर्टमा सज्जन राज वैद्य, एकदेव लिम्बु, धर्मेन्द्र सेवान, रेखा शाह, त्रिशाला गुरुङ्ग, पिरू राना, कमल खत्री, सुबानी मोक्तानका साथै अन्य कलाकारहरूले आफ्नो उत्कृष्ट प्रस्तुति दिने भएका छन् ।

सन् २०२२ लाई अमेरिकाले नेपालका सन्धर्वमा महत्वपूर्ण बर्षका रुपमा हेरेको छ । आज भन्दा ७५ बर्ष पुरानो नेपाल अमेरिका सम्बन्धको मित्रवत् व्यवहारलाई स्मरण गर्दै अमेरिकी सरकार तथा नेपाल स्थित दुतावासले यस बर्ष दुई देशको सम्बन्ध झल्काउने , सहकार्य, सहयोग तथा समाचार र सुचना सामग्री सार्वजनिक गर्दै आई रहेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!