US Khabar

अमेरिकाको इन्डियानामा भिषण बिस्फोट: ३ जनाको शव भेटियो – ३९ घर क्षतिग्रस्त

- USKHABAR | २ महिना पहिले प्रकाशित

अमेरिकाको इन्डियानामा भिषण बिस्फोट: ३ जनाको शव भेटियो – ३९ घर क्षतिग्रस्त

अमेरिकाको इन्डियाना राज्यमा भएको विस्फोटमा परि ३ जनाको मृत्यु भएको छ भने कम्तिमा ३९ घर क्षतिग्रस्त भएको छ । इन्डियाना राज्यको इभान्सभिल इन्डियानापोलिसको दक्षिणपश्चिमबाट करिव ३ घण्टाको दुरीमा रहेको बस्तीमा बिस्फोट हुँदा मानविय संगै ठुलो भौतिक क्षति भएको हो ।

इन्डियाना अग्नि नियन्त्रण बिभागका प्रमुख माइक कोनेलीले यस बिषयमा बुधबार गरेको पत्रकार सम्मेलनमा उल्लेख भए अनुसार यस अप्रिय घटनाबाट विस्फोट पछि भत्किएका भवनहरुमा प्रवेश गरेर उद्धार कार्य अघि बढाउन समेत भवनहरू अझै प्रवेशका लागि सुरक्षित छैनन् । क्षतिको प्रारम्भिक सर्वेक्षणमा ३९ घरमा गम्भीर देखि सामान्य क्षति पुगेको छ । जसमध्य ११ घरमा बस्न मिल्ने अवस्था भएपनि बाँकी घरहरु पूर्ण रुपमा क्षती भएका छन् ।

भत्किएका घरभित्र मानिसहरु पुरिएको हुन सक्ने भन्दै इन्डियाना अधिकारीहरुले उद्धार कार्यलाई तिव्रता दिएका छन् । घर तथा भवनहरूको सर्वेक्षण गर्न संरचनात्मक भत्काउने टोली बोलाइएकाले घटनास्थलमा ठुलो संख्यामा सँस्था(एजेन्सी)हरू समेत पुगेका छन् । अझै भवनहरु ढल्ने खतरा भएकाले अधिकारीहरूले बासिन्दाहरूलाई यस क्षेत्रबाट टाढा रहन आग्रह गरेका छन्।

सिएनएनका अनुसार अग्नि नियन्त्रण बिभागका प्रमुख माइक कोनेलीले घटनाबारे अनुसन्धान भै रहेको बताएका छन् । गम्भिर घाईते र घर भित्र पुरिएकाहरुको संख्या पनि बढि भएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!