US Khabar

नेप्लिज अमेरिकन चेम्बर्स अफ कमर्स टेक्ससले शुक्रबार ‘सी–स्टोर एक्सपो तथा सेमिनार’ गर्दै

- USKHABAR | २ महिना पहिले प्रकाशित

नेप्लिज अमेरिकन चेम्बर्स अफ कमर्स टेक्ससले शुक्रबार ‘सी–स्टोर एक्सपो तथा सेमिनार’ गर्दै

अमेरिकाको टेक्ससमा भोली शुक्रबार सी–स्टोर एक्सपो तथा सेमिनारको आयोजना हुने भएको छ । नेप्लिज अमेरिकन चेम्बर्स अफ कमर्स टेक्ससको आयोजनामा अगष्ट १२ शुक्रबारका दिन टेक्ससको डालसमा सी–स्टोर एक्सपो तथा सेमिनार हुने भएको हो ।

रेन्जर होलसेल र आईबिसीको सहकार्यमा ३० भन्दा बढी बिक्रेताहरुबाट ट्रेड शो सहितको निःशुल्क यस कार्यक्रममा निःशुल्क नमूना र व्यापारिक वस्तुमा विशेष छुट, सोसल, ह्याप्पी आवर, ग्यास स्टेसन सेमिनार र डिनर कार्यक्रम रहने आयोजक कमिटीले बताएको छ ।

सबैको सहज उपस्थितीका लागि निशुल्क प्रवेशको व्यवस्था रहेको सी–स्टोर एक्सपोमा उपस्थित हुन नेप्लिज अमेरिकन चेम्वर्स अफ कर्मसले नेपाली समुदायलाई आग्रह पनि गरेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!