US Khabar

टेक्सास, न्यूयोर्क लगायत बिभिन्न राज्यमा रहेका नेपालीलाई जुन २३ र २५ का दिन स्वदेश पठाईंदै

- Admin | ३ वर्ष पहिले प्रकाशित

टेक्सास, न्यूयोर्क लगायत बिभिन्न राज्यमा रहेका नेपालीलाई जुन २३ र २५ का दिन स्वदेश पठाईंदै

विश्वव्यापी महामारी कोभिड १९ का कारण महिनौंदेखी अमेरिकामा रोकिएका नेपालीहरु अर्को साता स्वदेश फर्कने भएका छन् । नेपाल आउन चाहेर पनि फर्कन नपाएका उनिहरु टर्किस एयरलाइन्स र कतार एयरवेज मार्फत स्वदेश फर्कने भएका हुन् ।

अमेरिका स्थित नेपाली दुतावासले जारी गरेको विज्ञप्ती अनुसार अमेरिकामा बिभिन्न राज्यमा रहेका उनिहरुलाई यहि जुन महिनाको २३ र २५ तारिखका दिन नेपाल पठाउने तयारी रहेको छ । जसमध्य न्यूयोर्क, शिकागो, वासिंटनडिसी र टेक्सासको डालसबाट उडान हुनेछ । जुन २३ तारिखका दिन न्यूयोर्कबाट टर्किस एयरलाइन्स र सोही दिन वासिंटनडिसीबाट कतर एयरवेजले नेपालका लागि उडान भर्नेछन् भने जुन २५ तारिखका दिन शिकागोबाट टर्किस एयरलाइन्स र डालसबाट कतार एयरवेजले नेपाल फर्कने यात्रुहरु सहित उडान भर्नेछन् ।

यि दुई उडाना बाट फर्कने यात्रुहरुका लागि छुट्टाछुट्टै दरको भाडा कायम गरिएको छ । जसमध्य टर्किस बिमानबाट फर्कने यात्रुका लागि कर सहित १५३७ अमेरिकी डलर र कतार एयरवेज कम्पनीबाट फर्कने यात्रुले कर सहित १६ सय अमेरिकी डलर तिर्नुपर्नेछ ।

हवाई यात्राका लागि नेपाली पासपोर्ट वा नेपाल सरकारबाट जारी भएको यात्रा अनुमति पत्र अर्थात ट्राभल डकुमेन्ट अनिवार्य रहने र यात्रुलाई थप जानकारी चाहिएमा काठमाडौं स्थित टर्किस एयरलाइन्सको समपर्क नम्बर ४४३८३६३ मा र कतार एयरवेजको नम्बर ४४४०४६७ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!