US Khabar

प्रसिद्ध ब्रिटिश-भारतिय लेखक सलमान रुस्दीमाथी अमेरिकामा हत्या उदेश्यले छुरा प्रहार

- USKHABAR | २ महिना पहिले प्रकाशित

प्रसिद्ध ब्रिटिश-भारतिय लेखक सलमान रुस्दीमाथी अमेरिकामा हत्या उदेश्यले छुरा प्रहार

प्रसिद्ध ब्रिटिश-भारतीय लेखक अहमद सलमान रुस्दीमाथी अमेरिकामा छुरा आक्रमण भएको छ । ग्रिमस (1975), मिडनाइट्स चिल्ड्रेन (1981), द सैटानिक भर्सेस (1988), हारून एण्ड द सी अफ स्टोरीज (1990), क्विचोटे (2019) लगायतका चर्चित पुस्तकका लेखक रुस्दीमाती न्युयोर्कमा आयोजित कार्यक्रमा हत्या उदेश्यले छुरा प्रहार गरिएको हो ।

भारतको मुम्बईमा जन्मिएर ब्रिटिस साहित्यमा ख्याती कमाएका रुस्ती न्युयोर्कको एक कार्यक्रममा स्टेजमा बोलिरहेका बेला छुरा प्रहार भएको हो । स्टेजमा चढेर आफ्ना भनाई राख्दै गरेका उनिमाथी एक व्यक्तीले स्टेजमा नै चढेर घाँटी लगायत शंवेदनशिल स्थानमा छुरा प्रहार गरेका थिए । मानिसहरुको भिडमा नै घटेको घटना भएकाले तत्काल हेलिकप्टर मार्फत उनलाई अस्पताल पुर्यार्ईएको छ । गम्भिर घाईते भएको उपन्यासकार रुस्दीको अवस्थाबारे स्पष्ट जानकारी आईसकेको छैन ।

राइटर्स गिल्ड अफ ग्रेट ब्रिटेन अवार्ड, नाइट बैचलर (२००७) , ब्रिटिश रोयल सोसाइटी अफ लिटरेचरका फेलो लगायतका चर्चित अजार्डहरुद्वारा सम्मानित रुस्दीको जन्म भारतमा व्रिटस साम्राज्य भएका बखत सन् १९४७ मा बम्बईमा भएको थियो। व्यापारिक पृष्ठभूमिका पिता र शिक्षिका आमाका छोरा रुस्दीको बाल्यकालका सुरुवाती बम्बईमा नै बितेको हो ।  बम्बईको एक निजी विद्यालयबाट प्रारम्भिक शिक्षा सुरु गरेका उनले पछि इङ्गल्याण्डको वारविकशायर स्थित रग्बी स्कूल, बोर्डिङ स्कूल हुँदै क्याम्ब्रिज विश्वविद्यालयको किंग्स कलेजबाट इतिहासमा एमए गरेका छन् ।

सन् १९६५ को दशकमा पाकिस्तान समेत आएर बसेका उनले व्रिटिस टेलिभिजन मार्फत विज्ञापन लेखकका रुपमा काम गरेपछि उनको लेखकिय चर्चा बढ्न थालेको थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!