US Khabar

बलत्कार अभियोगमा दोषी ठहर भएका न्यूयोर्कका स्नायुरोग बिशेषज्ञ क्रुसियानी मृत फेला

- USKHABAR | २ महिना पहिले प्रकाशित

बलत्कार अभियोगमा दोषी ठहर भएका न्यूयोर्कका स्नायुरोग बिशेषज्ञ क्रुसियानी मृत फेला

यौन दुव्र्यवहार र बलत्कारको अभियोगमा दोषी ठहर भएका न्यूयोर्कका स्नायुरोग बिशेषज्ञ रिकार्डो क्रुसियानीमृत फेला परेका छन् । ६ जना बिरामीहरुलाई यौन दुव्र्यवहार र बलत्कार गरेको आरोप सत्य सावित भएपछि सजाय समय पर्खिरहेका ६८ बर्षिय डा.क्रुसियानी रिकर्स टापुमा मृत फेला परेका हुन् ।

सजाय सुनुवाई नभएसम्म रकर्स टापुमा राख्ने निर्णय अनुसार क्रुसियानी सो टापुमा रहँदै आएको थिए । आगामी सेप्टेम्बरमा हुने भनिएको उनको सजाय सुनुवाईको १ महिना पहिले नै उनि मृत फेला पर्नुले यस घटनामाथी थप अनुसन्धान सुरु गरिएको छ ।

सोमबार बिहान ६ः३० बजे मृत फेला परेका डा. क्रुसियानीले उपचारका लागि उनि सम्म आएका बिरामीहरु मध्य केहीलाई बलत्कार गरेको पुष्टी भएको थियो ।

उनले बलत्कार र यौन दृव्र्यवहार गरेका पिडितहरुको बयान अनुसार डा. क्रुसियानीले उपचारका लागि गएका महिलाहरुलाई जवरजस्ती चुम्बन गर्ने, शरिरका अंगहरु चलाउने देखी बलत्कार समेत गर्ने गरेका लगायतका निन्दनिय कार्यको पुष्टी भएपछि उनको सजाय निश्चित भएको हो । बिरामीहरुलाई दुखाइको औषधिको लागि प्रिस्क्रिप्शनको सट्टामा सेक्स गर्न बाध्य गराएको , आफुसम्म आएका महिलालाई खतरनाक रूपमा उच्च डोज दिने गरेको जसका कारण ति विरामीलाई अन्य डा.समेत उपचार गर्न नमान्ने अवस्था आएपछि उनको अपराधिका कृयाकलाप बाहिर आएको हो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!