US Khabar

शिकागोको प्रख्यात समलिङ्गी बार परिसरमा समलिङ्गीद्वारा ३ युवाको गाडीले किचेर हत्या

- USKHABAR | २ महिना पहिले प्रकाशित

शिकागोको प्रख्यात समलिङ्गी बार परिसरमा समलिङ्गीद्वारा ३ युवाको गाडीले किचेर हत्या

अमेरिकाको शिकागोमा रहेको एक प्रख्यात समलिङ्गी बार परिसरमा एकै साथ ३ जनाको हत्या गरिएको छ । शिकागोको द जेफ्री पब बार
परिषरमा आईतबार बिहान एक समलिङ्गी पुरुषले अन्धाधुन्दा गाडी चलाएर ३ युवाको हत्या गरेका हुन् ।

सडकमा उभिरहेको ठुलो समुहमा रहेर झडगा गरिरहेका अर्का युवा क्येर्ली जे एमसीकिन्ने समेत गम्भिर घाईते भएको यस घटनामा गाडीले किचेर अश्वेत ३ अमेरिकी युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा २३ बर्षिय ज्यलेन अस्ले, २५ बर्षिय डोनाल्ड ह्यु र २७ बर्षिय डेभोन्टा भिभेटर रहेका छन् ।


प्रहरीले यस बिषयमा सोमबार सार्वजनिक गरेको सुचना अनुसार ३ जना युवाको हत्या गर्ने ति समलिङ्गीले रिसको आवेगमा जानाजान उनिहरुमाथी गाडी चलाएका थिए ।

शिकागोको प्रख्यात साउथ शोर समलिङ्गी बार का रुपमा चिनिने यस बार परिषरको रोडमा घटित यस घटनाका दोसी उपर कडा कारवाहीको माग पिडिप पक्षले राखेका छन् । किनकी यस घटनाको भिडियो समेत सार्वजनिक भएको छ । जसमा कैद भएका दृश्यले यो घटना झगडा पछिको तत्कालको आवेग हो या अन्य कुनै योजनाबद्ध हत्या तयारी भन्नेबारे थप अनुसन्धान सुरु भै सकेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!