US Khabar

मृत्युपछि पनि स-प्रेम लोकप्रियता: वाशिंगटन डिसीमा स्व. नेता गीरिको सम्झनामा श्रद्धाञ्जली सभा

- USKHABAR | १ महिना पहिले प्रकाशित

मृत्युपछि पनि स-प्रेम लोकप्रियता: वाशिंगटन डिसीमा स्व. नेता गीरिको सम्झनामा श्रद्धाञ्जली सभा

केही दिन अघि दिवंगत भएका नेपाली कांग्रेसका प्रभावशाली नेता प्रदीप गिरिको सम्झनामा अमेरिकाको वाशिंगटन डिसीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली जनसम्पर्क समिति अमेरिका भर्जिनिया च्याप्टरको आयोजनामा कांग्रेस निकट तथा स्व. नेता गीरिका प्रशंसक सहितका डिसीबासी नेपालीको सहभागिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।

नेपाली कांग्रेसका सह महामन्त्रीएवं नेपाल सरकारका मन्त्री उमाकान्त चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मन्त्री चौधरीले नेपाली कांग्रेस पार्टी तथा नेपाल सरकारका तर्फबाट स्वर्गीय नेता गिरिको तस्वीरमा माल्यार्पण सहित गीरिको राजनितिक र वयक्तिक प्रशंसा सहित नेता गीरिको निधनले पार्टी र देशलाई अपूरणीय क्षती भएको बताउँदै श्रद्धाञ्जली अपर्ण गरेका थिए ।

पूर्व सांसद एवं नेपाल मानव अधिकार संगठनका नेपाली जनसम्पर्क समिति भर्जिनियाका कार्यवाहक सभापती यमकुमार सिटौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासचिव बिजुल विश्वकर्मा, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि गौतम दाहाल, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतले स्वं गीरिको ईमन्दार, निष्कपट र पारदर्शी राजनितिक सफलताको प्रशंसा गर्दै उनको निधनप्रति शोक व्यक्त गरेका थिए ।

नेता गीरिप्रति श्रद्धाभाव सहित १ मिनेट मौन धारण गरेर सुरु गरिएको कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं जनसम्पर्क समिति भर्जिनियाका निबर्तमान सभापती राम शरण हुमागाई, उप सभापति केशव बराल, मेरिल्याण्ड च्याप्टर सभापती राजेन्द्र सेंचुरी,  डा. देशराज संयोक,अर्जुन सिग्देल, मुक्तिनाथ पन्त, समाजसेवीहरू दोवा ढकाल,जनक अधिकारी, शिक्षासेवी  मेदिनी अधिकारी,साईवर विज्ञ डा. रामहरि सुबेदी, डा. गोपी उप्रेती लगायतले स्व नेता गीरीका बारेमा मन्तव्य राखेका थिए ।

को हुन् नेता प्रदिप गीरि ?

ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएका नेता प्रदिप गीरि कांग्रेस र गैर कांग्रेस दुवै आस्थामाझ स्वतन्त्र व्यक्ती हुन् । जसलाई उनको आफ्नै बौद्धिक परिचयले स्थापित, सफल र चर्चित बनायो ।

विगत लामो समयदेखी घाँटीको क्यान्सरबाट पीडित नेता गिरीलाई साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएका थियो । ७५ वर्षको उमेरमा निधन भएका नेता गीरीको लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको उपचारमा हुँदै आएको थियो । उनमा निमोनियाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

विसं २००४ मा बुवा मित्रलाल गिरी र आमा पुण्यप्रभा गिरीका सन्तानका रुपमा सिरहाको बस्तीपुरमा जन्मिएका प्रदिप गिरी बुबाको पदचाप पछ्याउँदै राजनितिमा बाल्यकालबाट नै होमिएका बौद्धिक नेता हुन् । उनका बुबा मित्रलाल सो समयका नेपाली कांग्रेसका नेता थिए । जसकारण उनको घरमा नेताहरुको आवत जावत र बैचारिक छलफलको माहौलमा उनि हुर्किए । १३ बर्षको उमेरबाट नै नेपाली राजनितिमा प्रवेश गरेका प्रदिप गीरी २०२१ सालको राजनीतिक परिवर्तनपछि राजनीतिमा सक्रिय देखिएका जतिबेला उनको उमेर जम्मा १७ बर्षको थियो ।

२० बर्षको उमेरमा अर्थात वि सं. २०२४ सालमा भारतको बनारसमा नेपाल छात्र सङ्घमा उपाध्यक्ष निर्वाचित भएका उनि २०२५ सालमा पक्राउ परेर १८ महिना जेल जीवन बिताएका थिए ।

किशोर उमेरमा नै राजनितिको बलियो चेत संगालेका उनि २०४२ सालमा पनि १ बर्ष जेलमा रहेका थिए । विसं २०५१ को संसदीय निर्वाचनमा सिरहा ५ बाट निर्वाचित गीरी संविधान सभा सदस्य निर्वाचन २०६४ मा कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भएका थिए ।
दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा पनि कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन नेता गिरी प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा सिरहा १ बाट निर्वाचित भएका थिए।

भारत, जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रका स्नातकोत्तर गिरी अध्यनशिल नेताका रुपमा पनि परिचित छन् । लेनिन (जीवनी), नारी, मार्क्सवाद , अर्थशास्त्र लगायत का पुस्तकहरुका लेखक प्रदिप गीरीको निधनप्रति कांग्रेस नेता कार्यकता देखी गैर कांग्रेस नेता कार्यकर्ता र बौद्धीक बर्गले गहिरो दुख व्यक्त गरिरहेका छन् । नेता गीरी प्रखर वक्ता, स्पष्ट बैचारिकता र सामाजिक चेत भएका नेताका रुपमा आफ्नो हरेक समयका कालखण्डमा प्रभावशाली देखिए र मृत्यु पश्चात पनि उनको लोकप्रियता सामाजिक सञ्जालमा आज सम्म पनि चर्चामा रहिरहेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!