US Khabar

टेक्सस डिएफडब्लुका ३ वटा नेपाली लायन्स क्लबको संयुक्त आयोजनामा नेपाली मन्दिरमा मनाईयो तिज

- USKHABAR | १ महिना पहिले प्रकाशित

टेक्सस डिएफडब्लुका ३ वटा नेपाली लायन्स क्लबको संयुक्त आयोजनामा नेपाली मन्दिरमा मनाईयो तिज

नेपालीहरुको बाक्लो बसोबास रहेको अमेरिकाको टेक्सस स्थित डिएफडब्लु क्षेत्रका नेपालीले उल्लासमय सहभागितामा तिज बिषेश कार्यक्रम सम्पन्न भएको छ । टेक्सस डिएफडब्लुका ३ वटा नेपाली लायन्स क्लबको संयुक्त आयोजनामा अर्भिङ स्थित नेपाली मन्दिरमा आईतबार हिन्दु नारीहरुको महान चाड तिज बिषेश कार्यक्रम गरिएको  हो ।
ड्यालस एभरेष्ट लायन्स क्लब डिईएलसी, सेन्टेननियल लायन्स क्लब आईईसीएलसी ड्यालस र पोखरा लायन्स क्लब डिईएलसीको संयुक्त आयोजना रहेको कार्यक्रममा ३-४ बर्षका बालबालिका देखी ८२ बर्ष उमेर समुहका बृद्ध आमाहरुको सहभागिता रहेको थियो ।
क्लबका नारी पुरुष दुवै समुहका नेपालीको उल्लेखनिय सहभागिता रहेको कार्यक्रममा फ्यामेली फन र फेलोशिप अन्तरगत आयोजित बिभिन्न क्षेत्रका नेपाली तथा विदेशी अतिथिहरुको सहभागिता रहेको थियो ।


आयोजक ३ वटै लायन्स क्लबका फस्र्ट लेडीहरु तथा प्लानो कोलिन्स नेपाली लायन्स क्लब प्लानो की फस्र्ट लेडी समेतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको विसर्जन बयोबृद्ध आमाहरुको हातबाट केक काटेर उल्लासमय पृथक वातावरणमा भएको थियो ।

डिएफडब्लु क्षेत्रमा स्थापित सञ्चारगृह यूएस खबर कर्पोरेसन मिडिया पार्टनर रहेको कार्यक्रममा डिस्ट्रिक २ एक्स १ का न्युज कोअर्डिनेटर लायन्स बिलास उपाध्याय सहित दर्जनौं लायन्स स्वयंसेवीहरुले अन्तिम सम्म कार्यक्रम सफल बनाउन सहयोग गरेका थिए । लायन्स यसोधा अधिकारीले संयोजन तथा सञ्चालन गरेको कार्यक्रकमा लायन्स मिना क्षेत्री, लायन्स संगीता तिवारी र गरिमा सिग्देल लगायत सम्पूर्ण पदाधिकारी, सदस्य तथा संचार माध्यमलाई बिषेश सहयोगका लागि आयोजक टिमले धन्यवाद ज्ञापन गरेको छ ।

डिस्ट्रिक १०५ का सदन प्रतिनिधी लायन्स टेर्री मेजा, डिस्ट्रिक २ एक्स १ एस भिडिजी राधा कृष्ण काफ्ले, बिषेश क्लव अमेरिका र क्यानडाका सह संयोजक लायन्स थलाराज पन्त, नेपाली समाज टेक्ससका अध्यक्ष लायन्स राजेन्द्र वाग्ले, डिस्ट्रिक २ एक्स १ का पश्चिम क्षेत्रिय संयोजक विएन पन्त, जोन चियरहरु, पूर्व तथा वर्तमान अध्यक्षहरु लायन्स डा. बिष्णु माया उपाध्याय, लायन्स राजेन्द्र कुँवर, लायन्स शिव सुवेदी लगायतका करिव १ सय ५० को हाराहारीमा सदस्यहरुको सहभागिता रहेको थियो ।
टेक्ससको डिएफडब्लु क्षेत्रमा ५ वटा नेपाली लायन्स क्लव रहेका छन् । जसमध्य प्लानो कोलिन्स नेप्लिज लायन्स क्लव र ड्यालस बुद्ध लायन्स क्लबले भने यस अघि नै तिज बिषेश कार्यक्रम सम्पन्न गरिसकेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!