US Khabar

कोलोराडोको अरोरामा नेपाली संस्कृति प्रवर्द्धन र प्रचार प्रसार कार्यक्रम सम्पन्न

- USKHABAR | १ महिना पहिले प्रकाशित

कोलोराडोको अरोरामा नेपाली संस्कृति प्रवर्द्धन र प्रचार प्रसार कार्यक्रम सम्पन्न

कोलोराडोको अरोरा शहरमा भव्य समारोह बीच “ अरोरा ग्लोबल फेस्ट “ सम्पन्न भएको छ। नेपालीहरुको उलेख्य सहभागिता रहेको उक्त कार्यक्रममा योमरी मयजु कम्पनीका बिजनेस हेड बिनिशा श्रेष्ठले पनि सहभागिता रहेको थियो। कार्यक्रम अगावै वहाँले नेपाल र नेपालीहरुको संस्कृति प्रवर्द्धन र प्रचार प्रसार गर्न के के गर्न सकिने जानकारी पनि यहाँकोन्युज च्यानल CBS Channel 4 tv लाई जानकारी समेत प्रदान गरेकि थिईन् ।

लगभग १५००० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा नेवारी खानाको “समय बजी” सालको टपरीमा निकै रुचाईएको बिनिशालेउल्लेख गरेकी छिन्। अरोरा ग्लोबल फेस्टका कोअर्डिनेटर मिनसु सोंगले नेपाल र नेपालीहरु आ आफ्नो संस्कृतिलाई औधी माया गर्ने रआउँदा दिनमा पनि यसको प्रवर्तन गर्ने आफुले सक्दो सहयोग गर्ने पनि जनाएकी थिईन् ।

कार्यक्रम मा विभिन्न देशहरुको आ आफ्नै मौलिक गीत संगीत, भेष भुषाको पनि प्रस्तुति रहेको थियो। कार्यक्रम एकदमै सोचे भन्दासफल भएको र आउँदा दिनहरुमा नेपालको मात्र एकल उत्सव गर्ने पनि पहल भइरहेको बिनिशाले जनाएकी छिन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!