US Khabar

नेपाली साँस्कृतिक तथा आध्यात्मिक केन्द्रको आयोजनामा अगष्ट २९ मा तीज बिशेष पुजा

- USKHABAR | १ महिना पहिले प्रकाशित

नेपाली साँस्कृतिक तथा आध्यात्मिक केन्द्रको आयोजनामा अगष्ट २९ मा तीज बिशेष पुजा

नेपाली नारिहरुको महान् पर्व हरितालिका तिजका अवसरमा नेपाली मन्दिरमा तीज बिशेष पुजा आराधना हुने भएको छ । टेक्ससको अर्भिङ स्थित नेपाली साँस्कृतिक तथा आध्यात्मिक केन्द्रको आयोजनामा अगष्ट २९ मंगलबारका दिन तीज बिशेष पुजा आराधना हुने भएको हो ।

तिजका अवसर पारेर शुभकामना आदान प्रदान सहितको यस कार्यक्रममा ४ छुट्टा छुट्टै समयमा पुजा आरधनाको व्यवस्था गरिएको छ । जस अन्तरगत मंगलबार विहान ९ बजेर ३० मिनेटबाट प्रथम समुहको पुजा चल्नेछ । २ घण्टा लामो सामुहिक पुजा पश्चात १ घण्टा अन्य कार्यक्रम रहेका छन् र पुन १२:३० बजेबाट २:३० र ५ ::३० बजेबाट सुरु भएर ७ बजे सम्पन्न हुनेछ ।

पुजा शुल्क २० डलर रहेको कार्यक्रममा सहभागि हुन चाहनेहरुका लागि एनसीएससीले अनलाईन रजिस्ट्रेसन फर्म खुल्ला गरिसकेको छ ।

पुराणहरूका अनुसार विवाहिता नारीले आफ्नु अविच्छिन्न सौभाग्य अभिबृद्धि होस् साथै आफ्ना पति तथा सन्तानहरूको दीर्घायु, सुस्वास्स्थ्य र सुख समृद्धि प्राप्ति होस् भन्नका लागि र अविवाहिता कन्याहरूले आफ्नु मनोवान्छा सिद्धि तथा सुयोग्य पति प्राप्ति गर्नका लागि व्रत र प्रार्थना सहित उमामहेश्वरको पूजा आराधना गरेर मनाईने विशिष्ट चाड हरितालिका तीज “भाद्रशुक्लतृतीयायां हरितालिकाव्रतम् ।” ‘भाद्रशुक्ल तृतीया तिथिका दिनमा हरितालिका तीजको व्रत बस्ने चलन छ । अमेरिकी समय अनुसार यो वर्ष अगष्ट २९ सोमवारका दिन प्रातः ३:४५ बाट भाद्रशुक्लतृतीया सुरु हुने र मंगलवारको सूर्योदय भन्दा करीव ४ घण्टा पहिले नै तृतीया सकिएर चतुर्थी लागिसक्ने देखिदा मन्दिरमा हरितालिका तीजको व्रत पूजा सोमवारलाई आयोजना गरिएको सुचना सहित आयोजक टिमले कार्यक्रमबारे थप जानकारी सार्वजनिक गरेको हो ।

अनलाईन रजिस्ट्रेसन दर्ताको लागि लिंक यहाँ क्लिक गर्नुहोला।

युसखबरको यस वर्षको तीज गीत हेर्नु भयो ?

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!