US Khabar
  • नयाँ नक्सा पास भए पछि प्रवासी नेपाली एकता मन्च अमेरिकाले खुसि मनायो

    - Admin | ४ हप्ता पहिले प्रकाशित

    नयाँ नक्सा पास भए पछि प्रवासी नेपाली एकता मन्च अमेरिकाले खुसि मनायो

    टेक्सास, नेपालमा संसदबाट एकै स्वरमा नयां नक्सा पारित भएपछि प्रवासी नेपाली एकता मन्च अमेरिकाले खुशी ब्यक्त गरेको छ । मन्चले आईतबार ड्यालासमा एक बिषेश कार्यक्रमको आयोजना गरि नेपालको नयां नक्सा बोक्दै खुशीयाली ब्यक्त गरिएको हो ।

    कोरोना महमारीका बिच भएकोले निश्चीत संख्यामा मात्र उपस्थित भएको कार्यक्रम मन्चका सचिव प्रकाश अधिकारीको अगुवाईमा आयोजना गरिएको थियो । एनआरएन आईसीसी सदस्य यमुना भट्राई, एनआरएन एनसीसी अमेरिकाका बोर्ड अर्फ डाईरेक्टर जिवन जोशी, समाजसेवी डाक्टर प्रेम अधिकारी, मन्चका अगुवाहरु नारायण कंडेल, गोर्कण दाहाल, राजु सुबेदी , एनएसटीका बरिष्ठ उपाध्यक्ष राजेन्द्र वाग्ले लगायतको उपस्थिती रहेको थियो ।

    कार्यक्रममा उपस्थीत सबैले लामो समयसम्म रहंदै आएको समस्यालाई देशहित सोंचेर नयां नक्सा जारी गर्न सबै दललाई एक ठांउमा ल्याउन सकेकोमा र यो हिम्मत गरेकोमा बर्तमान सरकार र संसदको प्रशंसा गरेका थिए । भारतका अधिकाशं छिमेकी देशहरुसंग सिमा सम्बन्धी समस्या रहेको र नेपालसंग पनि यस खालको समस्या हुनु दुखद कुरा भएको भन्दै बक्ताहरुले अबिलम्ब कुटनितिक माध्यमबाट जमिन फिर्ता लिनेमा बिश्वास ब्यक्त गरेका थिए ।

    आफुहरु भौगोलिक रुपमा सात समुन्द्र पार रहे पनि सदैव नेपाल र सिमाना रक्षाका लागि सदैव मनदेखी लागिरहने प्रण गरेका थिए ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">