US Khabar

सदस्यहरुको अपेक्षा अनुरुप काम गर्न सकियको छैन- अमेरिकाज क्षेत्रिय संयोजक पोखरेल

- USKHABAR | १ महिना पहिले प्रकाशित

सदस्यहरुको अपेक्षा अनुरुप काम गर्न सकियको छैन- अमेरिकाज क्षेत्रिय संयोजक पोखरेल

गैर आवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रिय संयोजक राम सि पोखरेलले आफुहरुले जन अपेक्षा अनुरुप काम गर्न नसकेको स्विकारेका छन् । आईतबार टेक्ससको युलेश स्थित रिपोटर्स क्लब अमेरिकाको साक्षात्कार कार्यक्रममा बोल्दै अमेरिकाज क्षेत्रिय संयोजक पोख्रेलले आपसी विवाद र त्यसकै समाधानमा महिनौंको समय खर्च भै दिँदा बाँकी काम सोचे अनुरुपमा अघि बढ्न नसक्नुले संस्था र पदाधिकारि दुवै कमजोर सावित हुन पुगेको बताएका हुन् ।

आईतबार दिउँसो १ बजेबाट सुरु भएको संयोजक पोखरेलसंगको साक्षात्कार कार्यक्रमलाई रिपोटर्स क्लब अमेरिकाका महासचिव ओम आचार्यले संचालन गरेका थिए । जसमा, पत्रकार आचार्यले एनआरएनए आईसीसी र एनसीसी विचको विवाद, एनसीसी अमेरिकाका २ अध्यक्ष विवाद, अमेरिकाज क्षेत्रमा भएका एनआरएनए गतिविधी संवद्ध रहेर प्रतिनिधी प्रश्नहरु राखेका थिए ।

डालस निवासी क्षेत्रिय संयोजक पोख्रेलकै क्षेत्रमा अनाधिकारिक भनिएको सिपि पौडेल नेतृत्वको समुहले अधिविशन गर्दा समेत यस बारे मौन बसेका उनलाई यस बिषयमा सोधिएको प्रश्नमा ‘आधिकारिक नै नभएका संघ संस्थाले स्व-घोषित कार्यकम गर्दैमा त्यसलाई मान्यता, वढावा दिएर वक्तव्य जारि गर्ने, विरोध गर्ने पक्षमा आफु नरहेको बताएका उनले सिपि पौडेल समुहले आफ्ना कार्यक्रममा एनआरएनए कै आधिकारिक लोगो र व्यानर प्रयोग गर्नु कुन अर्थका सहि हुनसक्छ भन्ने प्रश्नमा भने यो कार्य गलत भएको र यस विवादित विषयलाई आईसीसी सम्म पुर्याईसकिएको’ जानकारी दिएका थिए ।

संयोजक पोखरेलले एनआरएनए भित्रको यो विवादको पहिलो जड आईसीसी भएको आरोप पनि लगाएका छन् । आ-आफ्ना गुठ बनाउने खिचातानीको सोच बिस्तार भएर विश्व एनआरएनए सम्म पुगेको उनको जिकिर छ । विवादित काम गर्ने उद्गम स्रोत नै आईसीसीबाट सुरु भएकाले यहि संस्कार फैलिएर विकराल रुप लिएको आरोप लगाएका उनको उ आपसमा गुठ बनाउने र कलह सृजना गर्ने यहि संस्कार एनसीसी अमेरिकामा पनि समय समयमा थरी-थरी रुपमा विवाद देखिने दावि छ ।

यस सोचलाई रोगको संज्ञा दिएका पोखरेलले आपसमा मिल्न नसक्ने रोग अमेरिकामा पनि व्यापक बन्दै गएकोप्रति ब्याङ्गत्मक विरोध जनाएका थिए । अमेरिकामा रहेका नेपाली मिडिया तथा साधारण नेपालीले पनि यहाँ भएका संघ संस्थाको दर्ता लगायतका कानुनी मान्यता गुगल मार्फत भएपनि हेरेर अनाधिकृत समुह र स्व घोषित संस्थाका बारेमा आफ्ना धारणा नराखिहाल्न पनि उनले अनुरोध गरेका छन् ।

एनआरएनए अमेरिका जस्तो बृहत संस्थाको दोस्रो व्यक्ती वा समुहले मेरो हो भन्छ, कार्यक्रम गर्छ र त्यसैलाई आधिकारिक बनाउँदै समाचार संप्रेषण हुन्छ भने यस्ता कुरा प्रोत्साहित गर्ने मिडिया पनि यसमा दोसी बन्ने उनको धारणा छ ।

प्रकास सापकोटा सहित २ जना महासचिव, अध्यक्ष बसेर सहमती भै सकेको विषय फेरी सम्झौता विपरित गै रहेको छ भने त्यसलाई मान्यता दिएर समर्थन या विरोध जनाउनुको कुनै अर्थ नरहने उनको दावि छ ।

यस विवाद समाधानका लागि आईसीसी संयोजक कुल आचार्य र रविना थापा सहितको मिटिङ नै राखेर समाधानको दिशामा अघि बढिरहेको जानकारी दिएका पोख्रेलले यस मिटङ आफु सहित अर्का क्षेत्रिय संयोजक समेतको उपस्थितीमा सम्पन्न भएको बताएका छन् । जुन ईस्यु लिड आईसीसी संयोजक रविना थापाले गरेकी थिईन् ।

के छ एनआरएनएमा त्यस्तो जसका लागि पदिय लोभमा बेला बखत यि र यस्तै प्रकारका लुछाचुँडी भै रहन्छ ? भन्ने पत्रकार आचार्यको प्रश्नमा संयोजक पोख्रेलले यसलाई लुछाचुँडी नभई बैचारिक मतभेद र कार्यगत कमजोरीका रुपमा बुझिदिन अनुरोध गर्दै भने ‘यहाँ बसेर व्यक्तीगत रुपमा कमाउने केही होईन, उल्टो समयको खर्च हो र पनि हामी अझै पनि किन संस्थामा छौं भने हाम्रो उदेश्य गलत छैन र यि विवादबाट पन्छिने होईन, विवाद समाधानतर्फ गम्भिर हुनु पर्दछ ।’

स्थापनाको साँगठिन रुपरेखाले आजको ठुलो संख्यामा रहेका नेपालीको चाहना र आवश्यतालाई संबोधन गर्न नसक्दा पदाधिकारि सहितको सिंगो संघ नै विवादित बन्न पुगेको स्वकारेमा पोख्रेलले व्यक्तीगत फाईदा भन्दा माथी उठेर संस्थागत गरिमा र पारदर्शिताप्रति ध्यान दिनुपर्नेमा उनको जोड रहेको थियो ।

संस्था हुँदा, एकता संगै विभिन्न प्रकारका समस्याको सहज रुपमा समाधान हुने हेतु स्थापित एनआरएनए आफ्नो वर्तमान कार्यकालमा अझ धेरै विवादित बन्ने पुगेको उनको भनाई छ ।

१५ महिना समयावधी विवादमा खर्च हुनु र नेपाल सरकार नै लागेर विवाद निस्कर्षमा पुर्याउनु पर्ने अवस्था सृजना हुनुमा आफैंमा लज्जास्पद बिषय भएको भन्दै आगामी निर्वाचनमा बलियो नेतृत्वको अपेक्षा पनि पोख्रेलले गरेका छन् ।

विश्व एनआरएनएमा सबै भन्दा बलियो एनआरएनका रुपमा रहेको एनआरएनए अमेरिकामा ५ वटा एनसीसी छन् । जसमध्य एनआरनए अमेकिका र एनआरएन क्यानडा सबै भन्दा सक्रिय छन् र बाँकी कोस्टिेरिका, मोक्सिको र चिलीमा रहेका एनसीसी ओझेलमा नै रहेका छन् । अमेरिकाज क्षेत्रको संयोजकका हैसियतले यि ३ एनसीसीका अवस्था बारे पनि आईसीसीमा कुरा लगिसकिएको पोख्रेलले जानकारी दिएका छन्
अब हुने निर्वाचनबाट विवाद जेरोमा झर्ने बताएका पोख्रेले एमआइएस स्टममा जाने कि नजाने भन्ने बिषयबाट सुरु भएको विवाद समाधान भै सकेको जानकारी दिएका छन् ।

पनि यहि प्रकारको कार्यक्रम यि र ययस प्रकारका कार्यक्रममा उत्पादन तथा प्रसारणलाई विस्तार गर्ने लक्ष्य राखेको राखेको रिपोटर्स क्लव अमेरिकाले यस अघि एनआरएनए आईसीसी कोषाध्यक्ष तथा एनसीसी अमेरिकाका निर्वतमान अध्यक्ष सुनिल शाहसंग पनि यहि प्रकारको साक्षात्कार कार्यक्रम गरेको थियो

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!