US Khabar

भोली दिनै भरी तिज, एकै स्थानमा २ ठुला संस्थाका बृहत कार्यक्रम, विहान ११ बजेबाट मध्यरातसम्म

- USKHABAR | १ महिना पहिले प्रकाशित

भोली दिनै भरी तिज, एकै स्थानमा २ ठुला संस्थाका बृहत कार्यक्रम, विहान ११ बजेबाट मध्यरातसम्म

भोली शनिवार टेक्सस स्थित करी लिभ रेस्टुरेन्ट नेपाली नारिहरुको बृहत सहभागिताले भरिने भएको छ । बिभिन्न खानाका परिकार पाईने करी लिभमा एकै दिन २ वटा कार्यक्रम आयोजना हुने भएपछि अगष्ट २७ शनिबार बिहानबाट मध्यरात सम्म उल्लासमय वातावरणमा तिज कार्यक्रम हुने भएको छ ।

सो दिन दिनभर डिएफडब्लु लमजुङ्ग समाजको कार्यक्रम चल्नेछ भने साँझबाट मध्यरात सम्म अमेरिका मधेशी समाजको कार्यक्रम हुनेछ । मधेशी समुदायमा तिजको महत्वलाई साँझ र चन्द्रमासंग पनि हेरिने भएकाले तिज साँझ सुरु हुँदैछ । जे होस् सो दिन टेक्ससका नेपाली समुदाय र खास गरि डिएफडब्लु क्षेत्रका नारीहरु परिवार सहित करि लिभ रेस्टुरेन्टमा सहभागि हुने तयारीमा रहेका छन् । सहभागितालाई रौनकमय बनाउन बिदाको दिन पारेर कार्यक्रम आयोजना गरिएकाले पनि सो दिन करी लिभ परिसरमा नेपालीहरुको बाक्लो उपस्थिती देखिने निश्चित जस्तै भएको छ ।

DFW लमजुङ समाजको आयोजनामा अगष्ट २७ शनिबार विहान ११:३० बजेबाट सुरु हुने कार्यक्रम यो टेक्ससमा यो बर्षको लामो तिज कार्यक्रमका रुपमा देखिने भएको छ । साडे ४ घण्टा लामो तिज कार्यक्रमको समापन दिउसो चार बजे हुनेछ ।

व्यक्तीगत प्रवेशका लागि ३० डलर र पारिवारिक प्रवेशका लागि ५० डलर प्रवेश शुल्क राखिएको यो कार्यक्रम डिएफडब्लु  लमजुङ पहिलो तिज बिषेश कार्यक्रम हो । त्यसैले पनि आयोजक टिमले कार्यक्रमलाई बृहत सहभागितामुलक बनाउने लक्ष्य राखेको छ ।

यहि लक्ष्य अनुसार कार्यक्रमलाई दिनभरी संचालन गर्ने निर्णय गरिएको हो । तिजको मौलिकता अनुसार पनि तिज दिनभरी चल्ने पर्व हो, जहाँ फरक फरक समाजका नारीहरुको सहभागितामा नाचगान सकेर साँझ घर फर्कने चलन हुन्छ ।

त्यस्तै सो दिन साँझ पुन मधेशी समुदायको आयोजनामा सन्ध्याकालिन तिज सुरु हुने छ । लमजुगं समाजको कार्यक्रम सकिए लगत्ती अमेरिका मधेशी समाजको तिज कार्यक्रम सुरु हुनेछ ।

राती ११ बजे सम्म चल्ने ६ घण्टा लामो सन्ध्याकालिन तिज बिषेश अमेरिका मधेशी समाजको कार्यक्रममा नेपाली परिकार, संगीत, नृत्य, बालबालिकाका लागि खेलहरु लगायका प्रस्तुतीहरु रहने छन् ।

सहभागी मध्यको आकर्षक जोडीलाई उपहार समेतको व्यवस्था रहेको कार्यक्रममा उपस्थित हुन चाहनेहरु मध्य एकल सहभागिताका लागि २५ डलर र परिवार सहितको उपस्थितीका लागि ५० डलरको प्रवेश शुल्क तोकिएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!