संघीय संसद्‌को वर्षे अधिवेशन अर्थात बजेट आजबाट सुरु हुँदैछ। सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गरेसँगै बजेट अधिवेशन आज दिउँसो ४ बजेबाट सुरु हुन लागेको हो ।

अधिवेशन अन्तर्गत पहिलो बैठक आज अपरान्ह ४ बजेका लागि बोलाइएको छ। आजको बैठकमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशन आव्हान सम्बन्धमा प्राप्त भएको पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ ।

त्यसपछि तिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम ९१० बमोजिम संसद बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन हुने छ ।

आजको थप कार्यसूचीमा अघिल्लो अधिवेशन अन्त्य भएको मितिदेखि आजसम्म दिवंगत भएका पूर्व सांसदहरुप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक प्रस्ताव पारित गरिने उल्लेख छ।

सचिवालयका अनुसार नेपाली कांग्रेसका पूर्व सांसदहरु दिवाकर गोल्छा, रुद्रमणि शर्मा भण्डारी र रामकृष्ण ताम्राकारप्रति शोक प्रस्तावहरु पारित गरिनेछ।

Comments

comments