US Khabar

४५ बर्ष पछि भारत \ चिन भिडन्त: लद्दाखमा मारिएका २० भारतिय सैनिकको नाम सार्वजनिक

- Admin | ३ वर्ष पहिले प्रकाशित

४५ बर्ष पछि भारत \ चिन भिडन्त:  लद्दाखमा मारिएका २० भारतिय सैनिकको नाम सार्वजनिक

चिन र भारतको सिमा क्षेत्र लद्दाखमा भारतिय र चिनिया सैनिक बिच भएको भिडन्तमा मारिएका २० भारतिय सैनिकको नाम सार्वजनिक गरिएको छ । पूर्वी लद्दाखको गलवान क्षेत्रमा सोमबार राति भएको सो भिडन्तमा मारिएका आफ्ना सैनिकहरुको नाम भारतले सार्वजनिक गरेको हो ।

सन् १९७५ पछि पहिलो पटक नियन्त्रण रेखामा भएको यो झडपमा एक कर्णेलसहित चार नायक सुबेदार, तीन हवल्दार, एक नायक र ११ सिपाही मारिएका छन् । जसमा ३ जना भारतिय सेना मारिएका छन् । भारतिय र चिनिया सैनिक बिच भएको झडपमा भारतिय सेनाका अधिकृत र दुई जवानको मृत्यु भएको हो ।

भिडन्तमा एक कर्णेलसहित चार नायक सुबेदार, तीन हवल्दार, एक नायक र ११ सिपाही मारिएका थिए । चीनतर्फ के कस्तो हताहती भयो भन्ने चाहिँ चीनले अझैसम्म पनि खुलाएको छैन ।

एम- कर्णेल बी सन्तोष बाबु रहेका छन् जो हैदराबादका हुन् भने मयूरभन्जका एस- नायक सुबेदार नुदुरम सोरेन, पटियालाका एम -नायक सुबेदार मन्दीप सिंह, गुरदासपुरका एक्स – नायक सुबेदार सतनाम सिंह, मदुरईका वाई-हवल्दार के. पालानी, पटनाका एन-हवल्दार सुनील कुमार, मेरठ सिटीका एन- हवल्दार विपुल राय, रीवाका. के-नायक दीपक कुमार, साहेबगन्जका वाय-सिपाही कुन्दनकुमार ओझा रहेका छन् भने झडपमा मारिएका सिपाईहरुमा बीरभूमका राजेश ओरांग,कांकेरका गणेश राम, कंधमालका चन्द्राकान्ता प्रधान, हमीरपुरका अंकुश, भोजपुरका चन्दन कुमार, संगरुरका  गुरबिंदर, मनसाका गुरतेज सिंह, सहरसाका कुन्दन कुमार, समस्तीपुरका अमन कुमार, पूर्वी सिंहभूमका गणेश हंसदा र वैशालीका जय किशोर रहेका छन् ।

भिडन्तमा १० भन्दा बढि घाईते भएको छन् । यस घटनामा मारिएका सबैलाई घाईते अवस्थामा अस्पताल पुर्याईएको भएपनि उनिहरुलाई बचाउन नसकिएको भारतिय संचारमाध्यमले जनाएको छ ।

यस घटनामा ४३ जना चिनिया सैनिकको पनि मृत्यु भएको आशंका गरिएको भएपनि आधिकारिक पुष्टी भने भएको छैन ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!