US Khabar

NRNA ईलिनोय च्याप्टरको ‘मिडवेस्ट रिजनल युथ भलिवल च्याम्पियनसिप कप’मा कोलम्बस ओहाया बिजयी

- USKHABAR | १ महिना पहिले प्रकाशित

NRNA ईलिनोय च्याप्टरको ‘मिडवेस्ट रिजनल युथ भलिवल च्याम्पियनसिप कप’मा कोलम्बस ओहाया बिजयी

गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिका ईलिनोय च्याप्टरद्वारा आयोजित भलिबल टुर्नामेन्ट २०२२ सफलतापूर्वक सम्पन्न भएको छ । एनआरएनए ईलिनोय च्याप्टरले आयोजना गरेको मिडवेस्ट रिजनल युथ भलिवल च्याम्पियनसिप कप खेलमैत्री वातावरणमा उत्साहजनक सहभागिता सहित आईतबार सम्पन्न भएको हो ।

शनिबार र आईतबार आयोजित २ दिने भलिबल टुर्नामेन्टमा यस पटक कोलम्बस ओहाया टिम प्रथम भएको छ । प्रथम खेलाडी टिमलाई  २५ सय २५ डलर सहितको सम्मान गरिएको छ भने द्धितिय बिजेता टिम मिनेसोटालाई १७ सय १७ डलर नगत सहित सम्मान गरिएको छ ।

सहभागि खेलाडीहरुको प्रतिस्पधात्मक प्रदर्शनले कार्यक्रमलाई थप उत्साहजनक बनाएको यस खेल आयोजनाको उदेश्य युवाहरुलाई प्रोत्साहन र खेलाडीको प्रवद्धन गर्ने एनआरएनए अमेरिकाको मिसन र भिजन अनुरुप आयोजना भएको थियो ।

एनआरएनए अमेरिका ईलिनोय च्याप्टरले एनसीसी अमेरिका साथै सिएनटिएस, सिटीएस, एनपीपीएफए सिएनएफएस लगायत स्थानिय संघ संस्थालाई आर्थिक र भावनात्मक साथ साथै कार्यक्रममको सहजिकरणका लागि स्वयंसेवक लागि धन्यवाद दिएका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!