US Khabar

विश्व कीर्तिमानी खेलाडी रुप कार्कीको स्मृतिमा अमेरिकाको बाल्टिमोरमा क्रिकेट प्रतियोगिता हुँदै

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

विश्व कीर्तिमानी खेलाडी रुप कार्कीको स्मृतिमा अमेरिकाको बाल्टिमोरमा क्रिकेट प्रतियोगिता हुँदै

अमेरिकाको बाल्टिमोरमा रुप स्मृति तथा साथी कप क्रिकेट प्रतियोगिता हुने भएको छ । दुई बर्ष अघि ह्रदयघातका कारण दिवंगत भएका विश्व कीर्तिमानी खेलाडी रुप कार्कीको स्मृतिमा सेप्टेम्बर ३ देखि सेप्टेम्बर ६ सम्म मेरिल्याण्ड राज्यको बाल्टिमोरमा  ‘रुप स्मृति तथा साथी कप क्रिकेट प्रतियोगिता’ हुने भएको हो ।

गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिका र साथी बाल्टिमोरको आयोजनामा हुन लागेको यस प्रतियोगितामा अमेरिकाको विभिन्न राज्य तथा शहरमा रहेका क्रिकेट क्लबहरुको सहभागिता रहने जनाईएको छ ।

 एभरेष्ट लायन क्रिकेट क्लब, ल्यान्काष्टर क्रिकेट क्लब, मेरिल्याण्ड ग्राब्स, फार वेष्टन क्रिकेट क्लब,बोस्टन अल स्टार्स, साथी बाल्टिमोर त्रिकेट क्लब , रियुनियन क्रिकेट क्लब र बाल्टिमोर एथलेटिक क्लबको सहभागिता रहने बताईएको यस प्रतियोगिता दुई चरणमा आयोजना हुने छ ।

सहभागी क्लबहरुलाई २ समुहमा विभाजन गरीसंचालन हुने प्रतियोगितामा लिग शैलीमा समुह चरण अन्तरगत उत्कृष्ट २ समुह सेमिफाईनलमा प्रवेश गर्नेछन् । २० ओभरको हुने खेलका विजेता टिमलाई ३ हजार ५ सय डलर र उपविजेता क्लबलाई २ हजार डलर नगद तथा ट्रफी प्रदान गरिनेछ ।

भारोत्तोलनका पूर्व अन्तराष्ट्रिय पदक विजेता रुप कार्कीको स्मृतिमा आयोजना हुँदै गरेको यस प्रतियोगिता स्वं कार्कीको योगदानको कदर स्वरुप आयोजना हुन लागेको हो ।

को हुन् रुप कार्की ? 

रुपन्देहीको तिलोत्तमा नगरपालिका ६, भलबारीमा जन्मिएका रुप कार्कीको २०७७ सालमा निधन भएको हो । ह्रदयघातका कारण मृत्यु भएका कार्की लामो समयदेखि अमेरिकाको भर्जिनियामा बस्दै आएको थिए ।

पावर लिफ्टिङका विश्व कीर्तिमानी खेलाडी कार्कीले अन्तर्राष्ट्रिय पावर लिफ्टिङमा विश्व कीर्तिमान कायम गर्दै स्वर्ण पदक जितेका थिए ।
५२ वर्षको उमेरमा नै संसारबाट विदा लिएका कार्कीको निधन नेपालमा नै भएको थियो । लामो समय अमेरिका बसेका उनि नेपाली खेल क्षेत्रको विकासमा संधै गम्भिर देखिने खेलाडी हुन् । यहि कारण पनि उनि आफ्नो अन्तिम अवस्थामा नेपालमा बस्दै आएका थिए ।

पावर लिफ्टर कार्कीले ४४(४९ वर्ष उमेर समूह र २२० पाउन्ड वजन समूहमा सन् २०१७ मा सम्पन्न एटलान्टामा भएको यूएसपीएल प्रतियोगितामा पहिलो स्वर्ण पदक जितेका थिए भने सन् २०१९ मा आयरल्यान्डको लाइमेरिकमा भएको पावर लिफ्टिङको मास्टर-२ प्रतियोगितामा सयभन्दा बढी देशका करिब सात सय प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण पदकसँगै विश्व कीर्तिमान कायम गर्न सफल भएका थिए ।

सन् २०१९ कै जुलाईमा ५०–५४ वर्ष उमेर समूहको २ सय २० पाउन्ड तौलमा समेत स्वर्ण पदक प्राप्त गर्दै आयरल्यान्डमा सम्पन्न आईपीएल प्रतियोगितामा छनोट भएका कार्कीलाई अमेरिकामा रहेका नेपालीले आफ्नो गौरवका रुपमा हेर्दै आएका थिए । जस कारण निधन पछि उनका स्मृतिमा अमेरिकामा बिभिन्न प्रतियोगितात्मक खेलहरु आयोजना हुँदै आएका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!