US Khabar

स्रष्टा साँझ अमेरिका: आईतबार टेक्ससमा पुस्तक विमोचन र प्रदर्शन देखी सम्मानसम्मका कार्यक्रम

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

स्रष्टा साँझ अमेरिका: आईतबार टेक्ससमा पुस्तक विमोचन र प्रदर्शन देखी सम्मानसम्मका कार्यक्रम

नेपालीहरुको वाहुल्यता रहेको अमेरिकाको टेक्ससमा कृति र कृतिकारको सम्मानमा फरक धारको कार्यक्रम आयोजना हुने भएको छ । स्रष्टा साँझ अमेरिकाले टेक्ससको अर्भिङमा सेप्टेम्बर ४ आईतबार पुस्तक र लेखकको सम्मान स्वरुप सृजनात्मक शैलीको कार्यक्रम आयोजना गर्ने भएको हो ।

सेप्टेम्बर ४ आईतबार मध्यान्न ४ बजेबाट सुरु हुने कार्यक्रममा पुस्तक विमोचन, स्रष्टा सम्मान तथा भेटघाट, पुस्तक प्रदर्शन तथा विक्री लगायतका कार्यक्रम सो दिन राख्दैछ । जस अन्तरगत दिउँसो ४ बजेबाट ५ बजेसम्म पुस्तक प्रदर्शनीमा सहभागी हुन सकिने छ ।

अर्भिङको करी लिफ रेस्टुरेन्टमा राती ९ बजे सम्म चल्ने यस कार्यक्रमले नेपाली साहित्य, कला र संगीतको सृजनाको प्रवद्धनात्मक लक्ष्य सहित कृति र कृतिकारको सम्मानमा यस कार्यक्रमको आयोजना गर्ने भएको हो ।

कार्यक्रमको सम्पूर्ण तयारी सकिसकेको स्रष्टा साँझ अमेरिकाले नेपाली भाषा, साहित्य र लेखकको योगदानको कदर स्वरुप आयोजना हुँदै गरेको यस कार्यक्रममा सहभागिताका लागि साहित्य, कला, संगीत सम्बद्ध नेपाली तथा अनुरागीहरुमा अनुरोध गरेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!