US Khabar

सुप्रसिद्ध कवि हरिभक्त कटुवालको सम्झनामा शुक्रबार भर्जिनियामा स्मृति दिवस मनाईंदै

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

सुप्रसिद्ध कवि हरिभक्त कटुवालको सम्झनामा शुक्रबार भर्जिनियामा स्मृति दिवस मनाईंदै

नेपाली साहित्य र संगीत क्षेत्रका सुप्रसिद्ध कवि तथा गीतकार हरीभक्त कटुवालको सम्झनामा अमेरिकाको भर्जिनियामा स्मृति दिवश मनाईने भएको छ । सन् १९८० सेप्टेम्बर १० तारिक निधन भएका कवि कटुवालको सम्झनामा सेप्टेम्बर ९ शुक्रबारका दिन भर्जिनियामा स्मृति दिवशको आयोजना गरिएको हो ।

अमेरिका नेपाल साहित्य प्रतिष्ठानको आयोजनामा हुन लागेको हरिभक्त कटुवाल स्मृति समारोहमा उनका कृतिगत विषयमाथी प्रकाश पारिनुका साथै उनिद्वारा रचित सृजना वाचन, उनको लेखकिय जीवन सम्बन्धमा वक्ताहरुको धारणा लगायतका कार्यक्रम रहेका छन् ।
ाहित्यिक योगदानको चर्चा, उनका रचनाहरुको वाचन तथा उनको स्मरण प्रस्तुत गरेर स्मृति दिवस मनाईने अमेरिका नेपाल साहित्य प्रतिष्ठानले जनाएको छ ।

सन् १९३५ जुलाई २ का दिन आसामको डिब्रुगढमा जन्मिएका कटुवाल राजा महेन्द्र शाहले नेपाल झीकाएका कवि हुन् । नारायण गोपाल, अम्बर गुरुङ, अरुणा लामा लगायतका गायक गायिकाका गीतकार कटुवालका धेरै कृतिहरु प्रकाशित छन् ।

सम्झना (गीतहरूको संग्रह), भाटिया मान्छे बोल्ना खोज्छा, सुधा (लघु महाकाव्य), पूर्व किरण (कविता संग्रह), यो जिंदगी खाई के जिंदगी (कविता संग्रह) बदनाम मेरा यी आँखाहरू (गीत र कविताहरूको संग्रह) इतिहासिक (कथा संग्रह )(अन्य लेखकहरूसँगको सहकार्यमा) स्पास्तिकरणम लगायतका कृतिहरु प्रकाशित कटुवाल भारतमा रहँदा छद्मनाम ‘प्रवासी’बाट आफ्ना रचना प्रकाशित गर्दथे ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!