दाङको तुलसीपुरमा प्रतिवन्धित लागु औषध खैरो हिरोइन सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १ भमके निवासी २३ वर्षीय लोकबहादुर थापा र घोराही १५ की २० वर्षीया सरिता परियार रहेका छन् ।
रा ४ प २८७६ नम्वरको मोटरसाइकलमा घोराहीबाट तुलसीपुर आउने क्रममा बुधबार दिउँसो तुलसीपुर १८ दूधरासबाट उनीहरुलाई पक्राउ गरिएको थियो ।
यस अघि नै अपराध मुद्धामा मुछिएका उनिहरु मध्य थापा ब्राउन सुगर मुद्दामा २०७६ साल भदौ २१ गतेदेखि फरारको सूचिमा रहेका व्यक्ति हुन । यस पटक पक्राउ परेका उनको साथबाट प्रहरीले १ ग्राम ३ सय ४० मिलिग्राम खैरो हिरोइन र ३३ हजार नगद बरामत गरेको छ ।
त्यस्तै पक्राउ परेकी सरिता परियार लागु औषध मुद्दामा अनुसन्धानमै रहेका घोराही १५ निवासी शंकर पुनकी पत्नी हुन् ।
प्रतिक्रिया