US Khabar

साँगीतिक प्रस्तुतिका लागि चर्चित गायक राजेश पायल राई पेन्सिलभेनियामा आउँदै

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

साँगीतिक प्रस्तुतिका लागि चर्चित गायक राजेश पायल राई  पेन्सिलभेनियामा आउँदै

चर्चित गायक राजेश पायल राईले अमेरिकाको पेन्सिलभेनियामा आफ्नो प्रस्तुती दिने भएका छन् । आगामी अक्टोबर १६ का दिन गायक राईले पेन्सिलभेनियाको ल्यानक्यास्टरमा आफ्नो सांगीतिक प्रस्तुति दिने भएका हुन् ।

ल्यानक्यास्टर स्थित मेनहाइम स्थित जङ्सन रोडमा रहेको जङ्सन सेन्टरमा आयोजना हुने कार्यक्रममा गायक राईले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्नेछन् ।

दशै–तिहार विषेश यस कार्यक्रममा सहभागिको सहजताका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको कार्यक्रमा उपस्थित हुनेहरुलाई आवश्यक जानकारीका लागि ३ वटा सम्पर्क नम्बर पनि सार्वजनिक भएका छन् । जसका लागि प्रेम बराल, श्व गुरुङ र मोनिश उप्रेतीलाई सम्पर्क गर्न सकिने छ ।

दिउसो २ बजे देखि साँझ ८ बजे चल्ने यस कार्यक्रम दशै र तिहारको बीचमा पारेर आयोजना गर्न लागिएको हो । जसमा गायक राई संग स्थानिय कलाकर्मीको पनि प्रस्तुती रहने छ ।

सात सय भन्दा बढी दर्शक अट्ने आधुनिक हलमा हलमा निशुल्क प्रवेश सहित आयोजना हुँदै गरेको यस कार्यक्रममा बृहत सहभागिता रहने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!