US Khabar

अब रिपोर्टर्स क्लव अमेरिकाको आफ्नै न्युज पोर्टल: प्रधान सम्पादकमा आचार्य र सम्पादकमा ढुंगाना नियुक्त

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

अब रिपोर्टर्स क्लव अमेरिकाको आफ्नै न्युज पोर्टल: प्रधान सम्पादकमा आचार्य र सम्पादकमा ढुंगाना नियुक्त

रिपोटर्स क्लव अमेरिकाले आफ्नै समाचार पोर्टल निर्माण गर्ने भएसंगै प्रधान सम्पादक र सम्पादक नियुक्त गरिएको छ । रिपोटर्स क्लव नेपाल अमेरिकाको आईतबार सम्पन्न पहिलो बैठकले प्रधान सम्पादकमा अनिता आचार्य र सम्पादकमा प्रसन्न ढुंगानालाई नियुक्त गरेको हो ।                                                                                                               

नेपालको चर्चित समाचार गृह रिपोटर्स क्लवको पहिलो प्रवास साखामा रुपमा टेक्ससको युलेशमा स्थापित अमेरिका शाखाका महासचिव ओम आचार्यका अनुसार आईतबार बसेको पहिलो बैठकबाट अमेरिकामा रहेका नेपाली समुदाय, मातृभूमि नेपाल र अन्य प्रवासी नेपालीको सुचनाको हकलाई ध्यानमा राखि क्लवको अमेरिका शाखाले आफ्नै अनलाईन न्यूज पोर्टलको अवधारणालाई अघि बढाएको हो ।

प्रधान सम्पादक र सम्पादक नियुक्त गरेको अमेरिका शाखाले केही समयपछि संवाददाता पनि नियुक्त गर्ने भएको छ । यो संगै रिपोर्टर्स क्लव अमेरिका शाखाबाट अब समाचार सामग्री पनि प्रकाशन र प्रसारण हुने भएको छ ।

गत श्रावण १ गतेबाट अमेरिका शाखा गठन गरेको क्लवले बिभिन्न अन्तरक्रियात्मक साक्षात्कार कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ भने अमेरिकामा डिबेट फोरम सहितका कार्यक्रम सञ्चालन गर्ने तयारीमा पनि रहेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!