US Khabar

११ स्रष्टालाई सम्मान, पुस्तक विमोचन र प्रदर्शन सहित श्रष्टा साँझ अमेरिकाको ५औं सृजना उत्सव सम्पन्न

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

११ स्रष्टालाई सम्मान, पुस्तक विमोचन र प्रदर्शन सहित श्रष्टा साँझ अमेरिकाको ५औं सृजना उत्सव सम्पन्न

श्रष्टा साँझ अमेरिकाले आफ्नो पाँचौ बार्षिक उत्सव सृजनात्मक वातावरणमा सफलता पूर्वक सम्पन्न भएको छ । पुस्तक र लेखकको सम्मान स्वरुप विविध कार्यक्रम सहित आयोजित सृजना उत्सव टेक्ससद अर्भिङमा सेप्टेम्बर ४ आईतबार सम्पन्न भएको हो ।

सेप्टेम्बर ४ आईतबार मध्यान्न ४ बजेबाट सुरु भएको कार्यक्रममा पुस्तक विमोचन, स्रष्टा सम्मान तथा भेटघाट, पुस्तक प्रदर्शन तथा विक्री लगायतका कार्यक्रम राखिएको थियो । अर्भिङको करी लिफ रेस्टुरेन्टमा राती ९ बजे सम्म चलेको कार्यक्रममा अमेरिकामा रहेर नेपाली भाषा साहित्यमा योगदान गरेका ११ जना श्रष्टालाई सम्मान गरिएको थियो ।

नेपाली साहित्य, कला र संगीतको प्रवद्धनात्मक लक्ष्य सहित कृति र कृतिकारको सम्मानमा आयोजित कार्यक्रममा खेमराज पोखरेल, बिटु केसी, बैकुण्ठ राज आचार्य, डा. शिलु घिमिरे, सञ्जय घिमिरे, पुण्डरी अर्याल, खेमराज पोखरेल, लिलु गुरुङ, नेत्रबन्धु पोखरेल, राधाकृष्ण काफ्ले, उद्धव पोखरेल र भगवती पौडेल र सम्मानित भएका छन् ।

नेपाली भाषा, साहित्य र लेखकको योगदानको कदर स्वरुप आयोजना भएको कार्यक्रममा श्रष्टा साँझलाई निरन्तर सहयोग गर्दै आएका शैलेस राज आचार्यलाई विशिष्ट सम्मान र कम उमेरमा नै साहित्यिक गतिविधीमा संलग्न तथा निरन्तर श्रष्टा साँझका क्रियाशिल चाहना खरेललाई प्रंससा पत्र प्रदान गरिएको थियो ।

श्रष्टा साँझद्वारा आयोजित यस पुस्तक प्रदर्शनी ड्यालस फोर्टवर्थ क्षेत्र कै पहिलो नेपाली पुस्तक प्रदर्शनी हो जहाँ साहित्य अनुरागी नयाँ पुराना स्रष्टाको बाक्लो उपस्थिती रहेको थियो ।

संस्थाले प्रकाशित गरेको स्मारिकाको समेत विमोचन गरिएको कार्यक्रममा एनआरएन अन्तर्राष्ट्रिय समन्वय समितिका महासचिव गौरीराज जोशी, सम्मानित साहित्यकारहरुको तर्फबाट राधाकृष्ण काफ्ले, सचिव वैकुण्ठराज आचार्य, भगवती पौडेल, कुशाग्र वाग्ले, शशी भट्टराई, तारा बराल, राजेन्द्र वाग्ले, निर्मला राई, हरि बहादुर थापा लगायतले संस्थाको गरिमा र नेपाली साहित्यिक क्षेत्रमा संस्थाको योगदानबारे प्रकाश पारेका थिए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!