US Khabar

बाल्टिमोरमा ‘रुप स्मृति तथा साथी कप’ क्रिकेट प्रतियोगिता: भर्जिनियाको एभरेष्ट लायन क्लब बिजयी

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

बाल्टिमोरमा ‘रुप स्मृति तथा साथी कप’ क्रिकेट प्रतियोगिता: भर्जिनियाको एभरेष्ट लायन क्लब बिजयी

अमेरिकाको बाल्टिमोरमा आयोजित रुप स्मृति तथा साथी कप क्रिकेट प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ । गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिका र साथी बाल्टिमोरद्वारा आयोजित प्रतियोगिता अमेरिकाका विभिन्न राज्य तथा शहरमा रहेका क्रिकेट क्लबहरुको उल्लेखनिय सहभागिता विच आईतबार सम्पन्न भएको हा्े ।

दुई बर्ष अघि ह्रदयघातका कारण दिवंगत भएका विश्व कीर्तिमानी खेलाडी रुप कार्कीको स्मृतिमा सेप्टेम्बर ३ देखि सेप्टेम्बर ६ सम्म मेरिल्याण्ड राज्यको बाल्टिमोरमा आयोजित रुप स्मृति तथा साथी कप क्रिकेट प्रतियोगितामा यस पटक भर्जिनियाको एभरेष्ट लायन क्रिकेट क्लब शिर्ष उपाधी सहित विजयी भएको छ भने बोस्टनको बोस्टन अल स्टार्स क्लबले उप विजयी भएको छ । २० ओभरको खेलका विजेता टिमलाई ३ हजार ५ सय डलर र उपविजेता क्लबलाई २ हजार डलर नगद तथा ट्रफी प्रदान गरिएको छ ।

भारतोलनका राष्ट्रिय खेलाडी तथा गैर( आवासीय नेपाली संघ, अमेरिकाका स्पोर्टस् कमिटिका पूर्व संजोजक स्वर्गीय रूप कार्कीको सम्झना स्वरूप आयोजना गरिएको ‘रूप स्मृति र साथी कप २०२२’ क्रिकेट प्रतियोगीतामा यस बर्ष एभरेष्ट लायन क्रिकेट क्लब, ल्यान्काष्टर क्रिकेट क्लब, मेरिल्याण्ड ग्राब्स, फार वेष्टन क्रिकेट क्लब,बोस्टन अल स्टार्स, साथी बाल्टिमोर त्रिकेट क्लब , रियुनियन क्रिकेट क्लब र बाल्टिमोर एथलेटिक गरी ८ वटा क्रिकेट टिमले प्रतिस्पर्धात्मक सहभागिता जनाएका थिए ।

यस बिषयमा एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धी सुवेदीले रूप स्मृति र साथी कप २०२२ सम्पन्न गर्न साथी बाल्टिमोर ,गोल्ड मेडलिस्ट रूप कार्की फाउन्डेसन,  एनआरएनए मेरिल्याण्ड च्यापटर, सम्पूर्ण स्थानिय संघ संस्था ,संघ संस्था प्रतिनिधि सम्पूर्ण पुरस्कार तथा व्यानर स्पोन्सर, मिडियाकर्मी, फोटो ग्राफर लगायत खेल हेर्न सहभागीता जनाएर हौसला प्रदान गरेका नेपालीहरुमा आभार व्यक्त गरेका छन् ।

को हुन् रुप कार्की ? 

रुपन्देहीको तिलोत्तमा नगरपालिका ६, भलबारीमा जन्मिएका रुप कार्कीको २०७७ सालमा निधन भएको हो । ह्रदयघातका कारण मृत्यु भएका कार्की लामो समयदेखि अमेरिकाको भर्जिनियामा बस्दै आएको थिए ।

पावर लिफ्टिङका विश्व कीर्तिमानी खेलाडी कार्कीले अन्तर्राष्ट्रिय पावर लिफ्टिङमा विश्व कीर्तिमान कायम गर्दै स्वर्ण पदक जितेका थिए ।
५२ वर्षको उमेरमा नै संसारबाट विदा लिएका कार्कीको निधन नेपालमा नै भएको थियो । लामो समय अमेरिका बसेका उनि नेपाली खेल क्षेत्रको विकासमा संधै गम्भिर देखिने खेलाडी हुन् । यहि कारण पनि उनि आफ्नो अन्तिम अवस्थामा नेपालमा बस्दै आएका थिए ।

पावर लिफ्टर कार्कीले ४४(४९ वर्ष उमेर समूह र २२० पाउन्ड वजन समूहमा सन् २०१७ मा सम्पन्न एटलान्टामा भएको यूएसपीएल प्रतियोगितामा पहिलो स्वर्ण पदक जितेका थिए भने सन् २०१९ मा आयरल्यान्डको लाइमेरिकमा भएको पावर लिफ्टिङको मास्टर-२ प्रतियोगितामा सयभन्दा बढी देशका करिब सात सय प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण पदकसँगै विश्व कीर्तिमान कायम गर्न सफल भएका थिए ।

सन् २०१९ कै जुलाईमा ५०–५४ वर्ष उमेर समूहको २ सय २० पाउन्ड तौलमा समेत स्वर्ण पदक प्राप्त गर्दै आयरल्यान्डमा सम्पन्न आईपीएल प्रतियोगितामा छनोट भएका कार्कीलाई अमेरिकामा रहेका नेपालीले आफ्नो गौरवका रुपमा हेर्दै आएका थिए । जस कारण निधन पछि उनका स्मृतिमा अमेरिकामा बिभिन्न प्रतियोगितात्मक खेलहरु आयोजना हुँदै आएका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!