सुर्खेतमा आत्महत्या गरेकी युवतीको कोरोना पोजेटिभ पुष्टी भएको छ । भारतबाट आएर १४ दिन क्वारेन्टाईनमा बसेपछि आत्महत्या गरेकी सिम्ता गाउँपालिका ८ की ती २५ वर्षीय युवतीमा कोरोना संक्रमण भएको कर्णाली सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको हो ।
भारतबाट फर्केपछि श्रीमान र ३ वर्षीयाँ छोरीसहित क्वारेन्टाईनमा बसेकी उनको आरडीटी रिपोर्ट नेगेटिभ आएपछि उनि घर फर्केकी थिईन् । तर घर फर्किएको केही दिनमै उनले असार १ गते घर नजिकै झुण्डिएर आत्महत्या गरेकी थिईन् ।
आत्महत्यापछि पोष्टमार्टम गर्नुअघि उनको कोरोना परीक्षण गरिएको थियो । बुधबार उनमा संक्रमण पुष्टि भएको हो ।
यस अघि सन्धिखर्कको क्वारेन्टाईनमा आत्महत्या गरेका देव बहादुर विकको पीसीआर रिपोर्ट पनि पोजेटिभ आएको छ । सन्धिखर्कको शितगंगा नगरपालिका ५ जुकेनाको हरि माध्यमिक विद्यालयको क्वारेन्टाइनमा झुण्डिएर आत्महत्या गरेका उनको पीसीआर रिपोर्ट पोजेटिभ आएसंगै उनि कोरोना संक्रमित रहेको पुष्टी भएको हो ।
४५ वर्षीय बिकले क्विारेन्टाईनको नजिकै रहेको रुखमा झुन्डिएर आत्महत्या गरेका थिए । जेठ १० गते भारतबाट फर्किएका उनको
आरडिटी परीक्षणमा कोरोना पोजिटिभ देखिएको थियो ।
आरडिटी रिपोर्ट पोजिटिभ देखिएका विकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी पठाइएको थियो । तर पीसीआर परीक्षणको नतिजा नआउँदै उनले क्वारेन्टाइन नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेका थिए ।
यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।
प्रतिक्रिया