US Khabar

ओसो सन्यासी बनेका NRNA पूर्व अध्यक्ष भट्टद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड राशिको पुरस्कार

- USKHABAR | ३ हप्ता पहिले प्रकाशित

ओसो सन्यासी बनेका NRNA पूर्व अध्यक्ष भट्टद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड राशिको पुरस्कार

गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (आईसीसी)का पूर्व अध्यक्ष भवन भट्टले राष्ट्रिय आविष्कार केन्द्रू लाई १ करोड धनराशिको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरेका छन् । मंगलबार एनआरएनए आईसीसीको नेपाल स्थित केन्द्रिय कार्यलय बालुवाटारमा विषेश कार्यक्रमको आयोजनम गरि पूर्व अध्यक्ष भट्ट एवं उनको संस्था बिबी फाउण्डेशनले महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपैयाँ धनराशिको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरेको हो ।

नेपालकै ठूलो १ करोड धनराशीको भवन कीर्ति रत्न पुरस्कार प्राप्त गरेको राष्ट्रिय आविष्कार केन्द्रले यस विषयमा दिएको जानकारी अनुसार उक्त १ करोड रुपैंयामा लगभग ७० लाख रुपैंया थपेर आविष्कार केन्द्रलाई तत्कालै चाहिएको CNC Laser Machine खरिद गरिने छ ।

यस पुरस्कार सम्बन्धमा महाविर पुनले पुरस्कार वितरक भवन भट्टसंगको संवादलाई पनि स्मरण गरेका छन् । पुनले भनेका छन् ‘केहि महिना अगाडी गोरखा जिल्ला निवासी र हाल जापान र नेपालमा ब्यबसाय गरिरहेका भबन भट्टले स्व-ईच्छा र स्व-बिबेकले फोन मार्फत १ करोड रुपैंयाको दान गर्ने सूचना दिएका थिए । सो दानको रकम पुरस्कारको रुपमा आज पुरस्कार हस्तान्तरण भएको हो ।’

केही समय पहिले ओसो सन्यास लिएर भवन भट्टबाट स्वामी आनन्द देव बनेका उनको आफ्नै नाममा स्थापित विवि फाउण्डेशनको पुरस्कार हस्तान्तरण समारोहमा ओसो तपोवन नेपालका संस्थापक स्वामी आनन्द अरुणको पनि उपस्थिती रहेको थियो ।

शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री देवेन्द्र पौडेल, एनआरएनए आईसीसी अध्यक्ष कुल आचार्य, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन लगायत एनआरएनए अभियन्ताहरुको उपस्थितीमा वितरित ‘भवन कीर्ति रत्न’ पुरस्कार प्राप्त गरेपश्चात आविश्कार केन्द्रका पुनले यो पुरस्कारको हकदार आफु नभई केवल राष्ट्रिय आविष्कार केन्द्र मात्र भएको बताउँदै स्व ईच्छाले गरेको सहयोगमा आफ्नो नाम जोडेर गरिने नकारात्कम टिप्पणीको खण्डन गर्दै सामाजिक संजाल मार्फत चेतावनी स्वरुप भनेका छन् पैसा माग्ने बुढा भन्ने जति सबैलाई ब्लक गरिनेछ किन भने अहिले सम्म मैले कसैसंग मागेको छैन साथै उनले सहयोग गर्नेहरुलाई समेत व्यक्तीगत रुपमा आफ्नो नामका कुनै पनि सहयोग र पुरस्कारको घोषणा नगर्न आग्रह गरेका छन् ।

कार्यक्रममा बोल्दै आविष्कार केन्द्रहरु खोलेर देशको अर्थतन्त्र सुधार्न सके देशलाई कसैले पनि हेप्न नसक्ने बताएका पुनले देशमा नयाँ प्रविधिको विकास भएको खण्डमा नेपालीहरु रोजगारीको लागि बाध्य भएर विदेश जानु पर्न अवस्थाको अन्त्य हुने बताए ।

आविष्कार केन्द्रलाई उच्च प्राथमिकता नदिने हो भने देशको उन्नती कहिल्यै नहुने दाबी गरेका अध्यक्ष पुनले अर्थतन्त्र बिग्रिएको खण्डमा सबै क्षेत्रमा तहसनहसको अवस्था सृजना हुने दावि सहित हाईवे, एयरपोर्ट र विश्वविद्यालय मात्रै खोलेर देशको अर्थतन्त्र सुधार हुन नसक्ने धारणा राखेका छन् ।

एनआरएनए पूर्व अध्यक्ष भट्टको जन्मदिनको अवसर पारेर वितरण गरिएको यस ‘भवन कीर्ति रत्न’ पुरस्कार भट्टले तत्काल घोषणा गरेको नभई १० औं सम्मेलनका अवसरमा घोषणा गरिएको पुरस्कार हो जुन मंगलबार बितरण भएको हो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!