US Khabar

डेङ्गु संक्रमितका लागि आजबाट मेयर बालेनले सुरु गरे २४ घण्टे हटलाइन सेवा- नि:शुल्क एम्बुलेन्स

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

डेङ्गु संक्रमितका लागि आजबाट मेयर बालेनले सुरु गरे २४ घण्टे हटलाइन सेवा- नि:शुल्क एम्बुलेन्स

काठमाडौं महानगरपालिकका मेयर बालेन्द्र शाह बालेनले आजबाट २४ घण्टे हटलाइन सुरु गरेका छन् । काठमाडौं उपत्यकामा डेङ्गु नियन्त्रणका लागि मेयर बालेनले आज विहिबारबाट संक्रमितहरुका लागि हटलाईन सुरु गरेका हुन् ।

यस बिषयमा जानकारी दिंदै बालेनले समूदायमा फैलाएको रोकथाम र नियन्त्रणका लागि डेङ्गु संक्रमितले सिधा सम्पर्क गर्न मिल्ने 1180 मा कल गरेर स्वास्थ्यकर्मीहरुबाट नै परामर्श लिन मिल्ने व्यवस्था गरेका हुन् ।

२४ घण्टा नै सुचारु हुने यस नं. मा कल गरेका बिरामी मध्य अवस्था हेरी आवश्यक भएमा 102 मा कल गरेर महानगरको निशुल्क एम्बुलेन्स सेवा लिन सकिने छ ।

अत्याधिक सचेतना र क्रियाशीलताको आवश्यकता भएको भन्दै मेयर बालेनले सुरु गरेका हटलाईन नं. हरु संचालनको तयारीमा महानगर पहिले देखि नै महानगरस्तरमा सक्रिय रहेको जानकारी पनि दिएका छन् ।

त्यस्तै भइरहेका कार्यक्रमहरुलाई थप विस्तार गर्दै नयाँ कार्यक्रमहरु पनि ल्याएर स्रोत तथा जनशक्तिको अधिकतम प्रयोग गर्ने जानकारी सहित बालेनले डेङ्गु विरुद्धमा टोल टोल वा सामूदायीकरुपमा नै सक्रिय भएर लाग्न पनि अपिल गरेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!