US Khabar

भारतमा निर्माणाधीन भवनको लिफ्ट चुँडिदा ७ जना मजदुरको दर्दनाक मृत्यु

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

भारतमा निर्माणाधीन भवनको लिफ्ट चुँडिदा ७ जना मजदुरको दर्दनाक मृत्यु

भारतको अहमदबादमा निर्माणाधीन भवनको लिफ्ट चुँडिदा ७ जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् । भवनको नवौं तलामा निर्माण सामग्री ओसारिरहेको लिफ्ट एक्कासी चुँडिदा ७ जना मजदुरको मृत्यु भएको हो ।

अत्यन्त दर्दनाक भनिएको ७ मजदुरको मृत्यु भएको केही घण्टापछि मात्र प्रहरी घटनास्थल पुगेको बतार्ईएको यस दुर्घटना गुजरात युनिभर्सिटी नजिकै रहेको एम्पायर२ नामक निर्माणाधीन भवनमा भएको हो ।

दुर्घटनामा गम्भिर घाईते भएका मजदुरको सोला सिभिल अस्पतालमा उपचार भै रहेको बताईएको छ ।

नवौं तलाबाट झरिरहेको लिफ्ट सातौं तलामा पुग्नासाथ चुँडिएर खस्दा भएको यस दुर्घटनाबारे अनुसन्धान भइरहेको छ ।यस घटनामा प्रहरीले २४ घण्टा भित्रमा ३ जनाको विरुद्धमा अनुसन्धान थालेको छ, जसमा साईट ठेकदार सौरभ शाह, उप ठेकदारहरु दिनेश प्रजापती र किरिट पटेलको विरुद्ध उजुरी दर्ता गरेर गिरफ्तार गरेको हो । अहिले उनिहरुलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ ।
(एजेन्सी)

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!