US Khabar

पाकिस्तानको विनासकारी बाढीमा एकै दिन ५९ जनाको मृत्यु – मृतकको संख्या १५ सय पुग्यो

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

पाकिस्तानको विनासकारी बाढीमा एकै दिन ५९ जनाको मृत्यु – मृतकको संख्या १५ सय पुग्यो

पछिल्लो केही दिन यता पाकिस्तानमा आएको बिषण बाढीमा परि ज्यान गुमाउनेको संख्या १ हजार ५ सय पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५९ जनाको मृत्यु भएसंग मृतकको संख्या १५ सय माथी पुगेको हो ।

पाकिस्तानको ठुलो भूभागमा क्षति पुर्याएको यस बाढिमा ठुलो मानविय र भौतिक क्षती हुँदा लाखौं पाकिस्तानी खुल्ला जमिनमा रात कटाईरहेका छन् ।

मनसुनी वर्षा र उत्तरी पहाडहरूमा हिमनदी पग्लिएर आएको बाढीले २२ करोड जनसङ्ख्यामध्ये ३३ करोड मानिसलाई असर गरेको छ । घर, सवारी साधन, बाली तथा पशुधन । लगायत गरी ठुलो धननाश भएको पाकिस्तानका धेरै भुभाग जलमग्न भै डुवानमा परेका छन् ।

उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वा, पञ्जाव प्रान्तमा पनि बाढीले असर गरेको छ । सबैभन्दा बढी सिन्धमा र त्यसपछि बलुचिस्तान, गिलगिट र बाल्टिस्तान क्षेत्रहरु बाढीको चपेटमा परेका छन् । बाढीबाट देशको भौतिक संरचनामा पनि अकल्पनीय क्षति पुगेको यहाँका अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!