US Khabar

यस वर्षको टिका साइत बिहान ११ बजेर ५१ मिनेटमा – अमेरिकामा विजया दशमी १ दिन पहिले नै

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

यस वर्षको टिका साइत बिहान ११ बजेर ५१ मिनेटमा – अमेरिकामा विजया दशमी १ दिन पहिले नै

यस वर्षको विजया दशमीको टिका साइत असोज १९ गते बुधवार बिहान ११ बजेर ५१  मिनेटमा परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने यस बर्षको दशैं टिकाको उत्तम साईत बिहान ११ बजेर ५१  मिनेटमा परेको हो ।

पञ्चाङ्ग समितीका अनुसार सो दिन बिहान १० बजेर ३४ मिनेटमा देवी विसर्जन गरी ११ बजेर ५१  मिनेटको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने छ ।

समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि सदाका बर्षहरुमा झैं उत्तम साईत सार्वजनिक गरिएको हो ।

त्यस्तै असोज १० गते बिहान १० बजेर २३ मिनेटमा घटस्थापनाको शुभ साइत परेको यस बर्ष असोज १० गते सोमवारदेखि नवरात्री आरम्भ हुनेछ । असोज १६ गते आइतवार फूलपाती पर्व परेको छ । सोहि दिन बिहान १० बजेर ५ मिनेटमा तुलजा भवानी यात्राको साइत जुरेको छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत बिहान ११ बजेर ३५ मिनेटमा रहेको छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत भने ८ बजेर ४७ मिनेटमा परेको छ ।

त्यस्तै यस अघि नै विश्व अध्यात्म केन्द्र तथा अन्तर्राष्ट्रिय पञ्चाङ्ग निणर्य समितिले अमेरिका तथा क्यानडाबासी नेपालीहरुलाई लक्षित गरि सार्वजनिक गरेको मिती अनुसार यस बर्षको दशैं टिका अक्टोबर ४ मंगलबारका दिन परेको छ ।

नेपाल सरकारको चाडपर्व सम्वन्धी निर्णय गर्ने निकाय नेपाल पञ्चाङ्ग निणर्य विकाश समिति समितको सहकार्यमा तयार भएको अमेरिका तथा क्यानडाका प्रयोगकर्ताका लागि यहींको समय, अक्षांश र देशान्तरको आधारमा गणना गरी बनाईएको दिव्यदृष्टि नेपाली पञ्चाङ्ग, प्रतिनिधी अनलाईन तथा ज्योतिष सम्वन्धी विषयगत विज्ञता भएका व्यक्तिहरुको सल्लाहलाई समेत आधार मानेर तयार पारिएको पञ्चाङ्ग अनुसार यस बर्ष –सेप्टेम्बर २६, (सोमवार)का दिन घटस्थापना, जमरा राख्ने दिन परेको छ भने फूलपाती  महाअष्टमी पूजा –अक्टोबर २, (आईतवार)का दिन परेको छ ।

त्यस्तै अक्टोबर ३ २०२२ (सोमवार) महानवमी व्रत र दशैंको टीका अक्टोबर ४ (मंगलवार) तथा अक्टोबर ८ (शनिवार) कोजाग्रत पूणिमा व्रत परेको छ ।

-घटस्थापना, जमरा राख्ने, नवरात्रि, वडादशैं सुरु –सेप्टेम्बर २६, २०२२ (सोमवार)
-फूलपाती \ महाअष्टमी पूजा –अक्टोबर २, २०२२ (आईतवार)
– महानवमी व्रत –अक्टोबर ३ २०२२ (सोमवार)
– विजया दशमी, देवी विसर्जन, दशैंको टीका –अक्टोबर ४, २०२२ (मंगलवार)
– कोजाग्रत पूणिमा व्रत –अक्टोबर ८, २०२२ (शनिवार)
– वाल्मिकी जयन्ती –अक्टोबर ९, २०२२ (रविवार)

तिहार

– यम पन्चक प्रारम्भ, धन्वन्तरी जयन्ती काग तिहार –अक्टोबर २२, २०२२ (शनिवार)
– नरक चतुर्दशी, कुकुर तिहार –अक्टोबर २३ २०२२ (आईतवार)
– लक्ष्मी पूजा द्यौसी भैलो –सुरुआत अक्टोबर २४, २०२२ (सोमवार)
– गाई पूजा, गोवर्धन पूजा –अक्टोबर २५, २०२२ (मंगलवार)
– यम द्वितीया, भाइटीका –अक्टोबर २६, २०२२ (बुधवार)
– छठपूजा सूर्य व्रत –अक्टोबर ३०, २०२२ (रविवार)
– हरिबोधिनी एकादशी व्रत, तुलसी विवाह –नोभेम्बर ४, २०२२ (शुक्रवार)

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!