US Khabar

अछामको पहिरोमा दर्जन बढि बालबालिका सहित मृतकको संख्या २२ पुग्यो-मृतक सबैको सनाखत

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

अछामको पहिरोमा दर्जन बढि बालबालिका सहित मृतकको संख्या २२ पुग्यो-मृतक सबैको सनाखत

सुदूरपश्चिमको अछाम जिल्लामा पहिलोमा पुरिएर ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । अविरल बर्षाका कारण आएको पहिरोमा पुरिएर जिल्लाका विभिन्न स्थानमा मृत्यु हुनेको संख्या १७ बाट बढेर २२ भएको हो ।

जिल्लाका ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएका मध्य बेपत्ताको खोजिको क्रममा थप ४ जनाको शव भेटिएको हो ।
अहिले सम्म मृत्यु हुनेहरुको सनाखत भै सकेको यस घटनामा ज्यान गुमाउने धेरैजसो बालबालिका रहेका छन् ।

मृत्यु हुनेहरु

ढकारी गाउँपालिका–६
१ वर्षीया मेनिका शाही
२ वर्षीय नवीन बुढा
३ वर्षीया कल्पना शाही
१३ वर्षीय सुन्दर शाही

तुर्माखाँद गाउँपालिका–५
१७ वर्षीया जानकी शाही
१७ वर्षीया विमला शाही
१७ वर्षीया कल्पना शाही
४५ वर्षीय नेत्र शाही
३६ वर्षीया मनिषा शाही
२१ वर्षीया भावना शाही

कमलबजार नगरपालिका–६
९ वर्षीय निखिल कामी
१२ वर्षीया सिरु कामी
१५ वर्षीया गीता कामी
१७ वर्षीया समिता कामी
३० वर्षीया अमृता कामी
२१ वर्षीया अर्धना कामी
३६ वर्षीया मैनकला कामी,

कमलबजार नगरपालिका–८ ढुङ्गला
३ वर्षीय कलु दमाई
४ वर्षीया कल्पना दमाई
६ वर्षीया डिग्रा दमाई
२६ वर्षीय गम्भीर दमाई
२३ वर्षीया भाना दमाई

पहिरोमा परि ११ जना घाइते भएका छन् । घाईते मध्य गम्भिर अवस्थामा रहेका ढकारीका ३ जना घाइतेको थप उपचारका लागि हेलिकप्टर मार्फत सुर्खेत ल्याइएको छ भने अन्य घाईतेको मङ्गलसेनमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!