US Khabar

अन्तिम समयमा आएर माओवादीले हटायो सिफारिसमा परेका आफ्ना १६ सय नेताको नाम

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

अन्तिम समयमा आएर माओवादीले हटायो सिफारिसमा परेका आफ्ना १६ सय नेताको नाम

नेकपा माओवादी केन्द्रले सिफारिसमा परेका करिव १६ सय नेताको नाम हटाएको छ । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनका समानुपातिक तर्फको बन्दसूची बुझाउन तोकेको समय सिमाको अन्तिम अवस्थामा आएर माओवादी केन्द्रले सिफारिसमा परेका झण्डै १ हजार ६ सय नेताको नाम हटाएको हो ।

निर्वाचन आयोगले गत साता प्रतिनिधि सभा निर्वाचनको समानुपातिक तर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै असोज २ देखि ३ गतेसम्म दलले उम्मेदवारको बन्द सूची आयोगमा पेस गर्नुपर्ने सूचना जारी गरेको थियो । आयोगको सो सुचनामा उक्त बन्द सूचीमाथि आयोगले असोज ४ देखि ९ गतेसम्म छानबिन गर्ने र कानुन अनुसार नभएमा सच्याउन दलहरूलाई सूचित गर्ने छ भने दलहरूले बन्द सूची सच्याएर असोज १० देखि १६ गतेसम्म पेस गर्नुपर्ने उल्लेख छ ।

जस अनुसार धेरै नाम हटाउँदा पनि माओवादी केन्द्रलाई निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्द सूची बुझाउन निकै सकस भइरहेको छ। आयोगको समय सीमाको संघारमा आएर सिफारिसमा परेका नेताहरु ठुलो संख्यामा हटाउँदा समेत माओवादीलाई समानुपातिक तर्फको बन्द सूची बुझाउन गाह्रो भै रहेको छ । किनकी समानुपातिक तर्फको नाम सिफरिस गर्न बनाएको मापदण्डका आधारमा तल्लो तहबाट २ हजार बढी नेताहरूको नाम केन्द्रमा सिफारिस भएको थियो ।

यस बिषयमा आइतबार पार्टी कार्यालय पेरिसडाँडामा पार्टीको पदाधिकारी बैठक राखेर समस्या समाधान गर्ने प्रयास भएपनि जिल्ला तथा प्रदेश तहबाट धेरै नेताहरूको नाम सिफारिस भएर आएकाले कसको नाम प्रदेश र कसको नाम प्रतिनिधि सभाको समानुपातिक बन्दसूचीमा राख्नेबारे अन्योलता कायम भएको थियो ।

महासचिव देव गुरुङको संयोजकत्वमा समावेशी बन्द सूचीमा पेश गरिने नेताहरूको नाम टुंगो लगाउन बनाएको कार्यदलमा नेता वर्षमान पुन, गिरिराजमणी पोखरेल, शक्ति बस्नेत लगायतका नेताहरु रहेका छन ।

पार्टी केन्द्रीय कार्यालय सचिव डोर प्रसाद उपाध्ययाय (निर्मल कुमार)का अनुसार समानुपातिकाको बन्दसूचीमा नेताहरूको नाम सिफारिसका लागि पार्टीले आधारहरू बनाइएको छ।

पहिले समानुपातिक कोटामा परिसकेकालाई नदोहोयाउने, स्थानीय तहमा हारेकाहरूलाई प्राथमिकतामा नराख्ने, राजनीतिक नियुक्ति लिएकाहरूलाई बन्द सूचीमा नराख्ने, राष्ट्रिय सभाका निवर्तमान भएका नेताहरू समानुपातिकतर्फ नाम सिफारिस नगर्ने लगायतका निर्णय गरेको पार्टीले सोमबार बिहान बैठक बसेर प्रदेश सभाका लागि २ सय २० र प्रतिनिधि सभाका लागि १ सय १० जनाको नाम टुंगो लगाएर निर्वाचन आयोगमा बन्दसूची पेश गरिने बताएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!