US Khabar

प्रवासी नेपाली एकता मञ्चको अधिवेशन बृहतरुपमा न्यूयोर्कमा जारी

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

प्रवासी नेपाली एकता मञ्चको अधिवेशन बृहतरुपमा न्यूयोर्कमा जारी

न्यूयोर्कमा जारी प्रवासी नेपाली एकता मञ्च अमेरिकाको अधिवेशन भव्यता पूर्वक चलिरहेको छ । पन्चकन्याबाट दिप प्रज्वलन गरि सुरु गरिएको कार्यक्रम आईतबार सम्म चल्ने भएको छ ।

अधिबेशनलाई पूर्ब प्रधानमन्त्री माधब कुमार नेपालले अधिवेशन तथा प्रवासी नेपाली एकता मञ्चको सफलताका लागि बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
एकताको सन्देश प्रवाह स्वरुप बृहत सहभागितामूलक यस अधिवेशन मञ्चको प्रथम अधिवेशन भएपनि अधिवेशनमा बिभिन्न राज्यबाट ठुलो संख्यामा प्रतिनिधी तथा संचारकर्मीको उपस्थिती रहेको छ ।

न्यूयोर्कको आगरा प्यालेस पार्टी हल क्वीन्समा जारी अधिवेशन आईतबार सम्पन्न हुँदैछ । अधिवेशनको पहिलो दिन बन्द सत्र, नेपाली संस्कृति झल्काउने पहिरनका साथ विभिन्न मनोरञ्जनात्मक नृत्यहरु लगायतका कार्यक्रमहरु रहेका थिए भने दोस्रो दिनको कार्यकम पनि संस्थागत उदेश्य अनुरुपका विविध कार्यक्रम सहित जारी रहेको छ ।

’प्रवासी नेपाली एकता मञ्च अमेरिका’को प्रचार प्रसार विभाग संयोजक टेक गुरुङको संयोजकत्वमा यस अघि नै विभिन्न विभागीय कमिटी गठन गरेर तयारी सुरु गरिएकाले अधिवेशनमा अन्तरक्रियात्मक शैलीका रचनात्मक कार्यक्रमहरु रहेका     छन् ।

संगठनिक एकता साथै सिंगो समाजमा थप सकारात्मक उर्जा र उत्साह थप्ने विश्वासका साथ जारी यस अधिवेशनले संस्था स्थापना, उदेश्य र महत्व साथै अमेरिका र मातृभूमि नेपालका नेपालीहरु समस्या, सामाजिक उत्तरदायित्व लगायतका सम्बन्धमा केन्द्रित रहेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!