US Khabar

यसरी सेवा प्रादायक बन्दै छ मेयर बालेनको पहलमा संचालित महानगरको नि:शुल्क एम्बुलेन्स

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

यसरी सेवा प्रादायक बन्दै छ मेयर बालेनको पहलमा संचालित महानगरको नि:शुल्क एम्बुलेन्स

काठमाडौं महानगरपालिकका मेयर बालेन्द्र शाहको पहलमा विहिबारबाट सार्वजनिक गरेको हटलाईन नं.ले धेरैलाई सेवा पदान गर्न सफल भएको छ । काठमाडौं उपत्यकामा डेङ्गु नियन्त्रणका लागि संक्रमितलाई प्रदान गरिएको निशुल्क एम्बुलेन्स सेवा मार्फत धेरै विरामीले उपचार पाएका हुन् ।

विहिबारबाट सार्वजनिक २४ घण्टे हटलाइन नं. मा आएका फोनकलका आधारमा समस्यामा परेका संकमितलाई महानगरको एम्बुलेन्सले घरमै पुगेर उपचारका लागि अस्पताल लग्दै गरेका तस्विर आज मेयर बालेनले सामाजिक संजाल फेसबुकमा सार्वजनिक गरेका छन् ।

समूदायमा फैलाएको रोकथाम र नियन्त्रणका लागि डेङ्गु संक्रमितले सिधा सम्पर्क गर्न मिल्ने ज्ञज्ञडण् मा कल गरेर स्वास्थ्यकर्मीहरुबाट नै परामर्श लिन मिल्ने व्यवस्था गरेको महानगरले बिरामी मध्य अवस्था हेरी आवश्यक भएमा ज्ञण्द्द मा कल गरेर महानगरको निशुल्क एम्बुलेन्स सेवा प्रदान गरिरहेको छ ।

त्यस्तै भइरहेका कार्यक्रमहरुलाई थप विस्तार गर्दै नयाँ कार्यक्रमहरु पनि ल्याएर स्रोत तथा जनशक्तिको अधिकतम प्रयोग गर्ने जानकारी सहित बालेनले डेङ्गु विरुद्धमा टोल टोल वा सामूदायीकरुपमा नै सक्रिय भएर लाग्न पनि अपिल गरेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!